मुख्य सामग्रीमा जानुहोस्
Thursday, 8 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

इटहरीका पूर्व मेयर द्वारिकलाल चौधरी माओवादी प्रवेश

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । इटहरी उपमहानगरपालिका पूर्व मेयर द्वारिकलाल चौधरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । आज बिहान
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनो निवास खुमलटारमा पुगेर माओवादी प्रवेश गरेका हुन् । उनलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिका र खादा लगाएर स्वागत गरे ।

नेकपा एमालेबाट टिकट पाउने सम्भावना नदेखेपछि माओवादी प्रवेश गरेको बताइएको छ । चौधरी मेयरमा दोहोरिन खोजे पनि उनको ५ वर्षे कार्यकाल विवादस्पद भएकाले एमालेले टिकट दिएन । त्यसपछि पनि संसदीय चुनावमा प्रदेशसभा भए पनि खाने भनेर बसेका चौधरीले त्यो संकेत नपाएपछि माओवादीबाट उम्मेदवार बन्न लागेका हुन् ।

चौधरी सुनसरी क्षेत्र नम्बर २ को प्रदेशसभा क बाट उम्मेदवार बन्न लागेका हुन् । सो क्षेत्रमा यसअघि एमालेका सर्वध्वज साँवाले जितेका थिए । गठबन्धनमा प्रतिनिधिसभाको सीट कांग्रेसको भागमा परेको छ । प्रदेशसभातर्फ पनि सो क्षेत्रका ख बाट कांग्रेसका राजीव कोइरालाले जितेका थिए । प्रदेशसभा क तर्फ नेकपा एसले पनि दावी गरेको छ ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।