मुख्य सामग्रीमा जानुहोस्
Saturday, 17 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

एमालेले दशैंपछि मात्रै टिकट वितरण गर्ने

Himali Patrika 1 मिनेट पढाइ

१६ असोज, काठमाडौं । नेकपा एमालेको टिकट वितरण दशैंको टीकापछि मात्रै हुने भएको छ । अध्यक्ष केपी शर्मा ओली टीकाको दिनसम्म गृह जिल्ला झापा रहने कार्यक्रम रहेकाले दशैंअघि टिकट वितरणको सम्भावना टरेको हो ।

अध्यक्ष ओली सोमबार बिहान ११ बजे झापा जाँदैछन् । ‘दशैंको अघिल्लो दिन सधैं अध्यक्ष कमरेडले झापामा बृहत चियापान राख्ने गर्नुभएको छ’, प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने । ओलीका पिता झापा नै भएकाले टीका लगाएर मात्रै काठमाडौं फर्कने कार्यक्रम रहेको रिजालले बताए ।

‘अरु नेताहरू पनि दशैं मनाउन गृह जिल्ला पुग्नु भएको छ’, रिजालले भने, ‘महासचिव शंकर पोखरेल दाङ पुग्नुभएको छ भने उपाध्यक्ष विष्णुप्रसाद पौडेल बुटवल हुनुहुन्छ ।’ अध्यक्षसहित नेताहरु नै गृह जिल्लातिर लाग्ने कार्यक्रम भएकाले दशैंको टीका पछि मात्रै टिकट वितरणबारे निर्णय हुने उनले बताए ।

गएको बिहीबार बसेको सचिवालय बैठकले टिकट तिवरण गर्ने अधिकारी अध्यक्ष ओलीलाई दिएको छ । तर आवश्यक परामर्श अन्य नेताहरुबाट पनि लिने निर्णय भएकाले दशैं अगाडि टिकट वितरणको सम्भावना नरहेको नेताहरू बताउँछन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।