शेखर पक्षलाई समानुपातिकमा ३५ प्रतिशत मात्र

शेखर पक्षलाई समानुपातिकमा ३५ प्रतिशत मात्र

काठमाडौँ । कांग्रेसमा समानुपातिक उम्मेदवार छनोटमा सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार रातभर भएको छलफलमा शेखर कोइराला समूहका उम्मेदवार करिब ३५ प्रतिशत समेटिएपछि सहमति भएको एक पदाधिकारीले जानकारी दिए ।

कांग्रेसले यसअघि निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा शेखर पक्षले आपत्ति जनाएपछि चर्को विवाद भएको थियो । सहमतिपछि कांग्रेसले अन्तिम समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएको छ । ‘कोइराला पक्षका करिब ३५ प्रतिशत उम्मेदवार समेटिएका छन्,’ एक पदाधिकारीले भने ।

अन्तिम समानुपातिक सूची तय गर्दा पाँच जनामध्ये संस्थापनका ३ र शेखर पक्षका २ जनालाई समेटिएको छ । समानुपातिक सूचीको एक नम्बरमा रहेकी प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजुलाई तेस्रो नम्बरमा राखिएको छलफलमा सहभागी एक नेताको भनाइ छ ।

Europass CV in Nepal

उनका अनुसार संस्थापन पक्षका अन्य उम्मेदवारको क्रमागतमा पनि फेरबदल गरिएको छ । शेखर पक्षले प्रतिनिधिसभामा पनि ३५ प्रतिशत दाबी गर्ने आधार यसबाट तयार भएको छ । समानुपातिकमा सम्मानजनक सिट नपाए विद्रोह गर्ने चेतावनी शेखर पक्षले दिएपछि संस्थापन लचक बनेको हो । समानुपातिकको चर्को विवादले सत्ता गठबन्धन दलहरूमा पनि तरंग उत्पन्न भएको थियो । गठबन्धनभित्रै कांग्रेसको विवाद मिलाएर मात्र सिट बाँडफाँट टुंग्याउनुपर्ने कुरा उठेको थियो ।

 

Europass CV in Nepal