मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

नेपालले दुई महिनामामै बेच्यो ५ मुलुकलाई ४८ हजार किलो अचार

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा नेपालले पाँच मुलुकलाई ४८ हजार किलोभन्दा धेरै तयारी अचार बिक्री गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार घरेलु उद्योगमा बनेको विभिन्न प्रकारका अचार अष्ट्रेलिया, इटाली, दक्षिण कोरिया र अमेरिका निर्यात भएको हो । नेपालबाट मुला, मासु, टिम्मुर, मिक्स भेजिटेबल लागयतका परिकारबाट बनाइएको अचार धेरै बिक्री हुने गरेको छ ।

साउन र भदौमा ४८ हजार ८९२ किलो अचार बिक्रीबाट नेपालले २ करोड ७१ लाख ८४ हजार रुपैयाँ नगरद आर्जन गरेको छ । जुन गत वर्षको वार्षिक अचार कारोबार बराबर हो । आर्थिक वर्ष २०७८/०७९ मा नेपालबाट ५९ हजार ९८४ किलो अचार निर्यात भएको थियो । उक्त निर्यातबाट नेपालले ३ करोड ८६ लाख ६४ हजार रुपैयाँ आर्जन गरेको थियो ।

चालु आवको २ महिनामा नेपालले एक करोड ३८ लाख ९ हजार रुपैयाँको २२ हजार ४४० किलो, दक्षिण कोरियामा १४ लाख ४६ हजार रुपैयाँको ५ हजार २४३ किलो, इटालीमा ८७ लाख ३९ हजारको १७ हजार ४६४ किलो र अष्ट्रेलियमा ३१ लाख ९० हजार रुपैयाँको ३ हजार ७८४४ किलो अचार निर्यात गरेको छ । गत वर्ष जापान, क्यानडा र बेल्जिियममा पनि नेपालबाट अचार निर्यात भएको थियो ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।