मुख्य सामग्रीमा जानुहोस्
Friday, 16 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

अझै मिलेन गठबन्धनमा सिट बाँडफाँट, भोली बिहान फेरि बैठक बस्ने

Himali Patrika 1 मिनेट पढाइ

सिट बाँडफाँटका लागि बसेको सत्ता गठबन्धनको बैठक मंगलबार बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहानैदेखि बसेको बैठकमा सहमति हुन नसकेपछि मंगलबार बिहान ८ बजे सम्मका लागि बैठक स्थगित भएको हो।

सोमबारको बैठकमा पनि नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले आफूहरूलाई दिन लागिएको सिट थोरै भएको अडान राखेका थिए। यादवले गठबन्धनबाटै बाहिरिने सम्मको चेतावनी दिँदै आएका छन्।

आजको बैठकमा कांग्रेस र जसपा दुवैको दाबी रहेको मधेस प्रदेका कतिपय निर्वाचन क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्नेबारे समेत छलफल भएको थियो। कतिपय क्षेत्रमा कांग्रेस र माओवादीबीचमा पनि सहमति जुट्न सकेको छैन।

रोल्पा रुकुमका प्रदेश सभामा कांग्रेसको दाबी भए पनि माओवादीले त्यसको सट्टामा कांग्रेसको प्रभाव क्षेत्रमा दाबी गरेको छ। त्यस्तै जाजरकोटका दुवै प्रदेश सभा कांग्रेसले दाबी गरेको छ भने एउटा प्रदेश सभा माओवादीले दाबी गरिरहेको छ। नेकपा माओवादी केन्द्र र नेकपा एसका बीचमा समेत केही क्षेत्रमा विवाद रहेको श्रोतले बतायो। अछाम, सल्यान, उदयपुर र खोटाङमा दुई दलबीच अझै विवाद बाँकी छ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।