मुख्य सामग्रीमा जानुहोस्
Saturday, 17 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

एक दिनमा सय ग्रामभन्दा बढी मासु खानु हुँदैन

Himali Patrika 1 मिनेट पढाइ

नेपालीको घर घरमा दसैं भित्रिसकेको छ । दसैंको पहिलो दिन घरघरमा घटस्थापना गरेपछि दसैं सुरू भएको हो । दसैंमा सबैभन्दा धेरै मासु कै परिकार पाक्छन् । यहीकारण दसैंमा मासुको खपत अत्याधिक हुने गर्छ । सामान्य समयभन्दा यो समयमा झण्डै १० गुना बढी मासु खपत हुने अनुमान छ । विशेषत फुलपातीको दिन ल्याएको मासु दसैंभरि लगाएर खाने चलन छ । तर, यसरी सेवन गरिने मासु स्वास्थ्यका लागि भने फाइदाजनक हुँदैन ।

फुलपातीको दिन पकाएको मासु भुटेर, फ्रिजमा राखेर अनेक विधि अपनाएर स्टक गरिन्छ, तर यसरी राखिएका मासु स्वास्थका दृष्टिकोणले अस्वस्थ साबित हुन्छ ।
मासुजन्य परिकारमा शरीरका लागि आवश्यक प्रोटिन प्रशस्त हुने भए पनि धेरै मासु खानु शरीरका लागि हानीकार हुने पोषणविद् अरुणा उप्रेतीको भनाइ छ । एकजना व्यक्तिले प्रतिदिन एक सय ग्रामसम्म मासु सेवन गर्नुपर्छ । त्यो भन्दाबढी अस्वस्थ मानिन्छ ।

‘चाडबाडमा सबै जनासँगै बसेर खानेकुरा खाने मात्रै काम हुन्छ । पकायो खायो जसले गर्दा भोजनमा सन्तुलन कायम हुँदैन्,’ उप्रेती भन्छिन्,’ मिलाएर खायो भने मासु लाभदायक हुन सक्छ, जथाभावी खाँदा हानीकारक हुन्छ ।’

बडादसैंको समय मौसमी फ्लु जस्ता रोगहरूको संक्रमणको जोखिम पनि हुन्छ । बालबालिका तथा वृद्धवृद्धाले अझ बढी स्वास्थ्य सतर्कता अपनाउनु पर्छ । मासु आफँैमा अत्याधिक बोसो हुने र पकाउँदा पनि धेरै तेल प्रयोग गरिने भएकोले मासु खाँदा स्वास्थ्यमा असर पुग्ने हुन्छ ।

मासुसँगै दसैंको समयमा मद्यपान गर्दा यो झनै हानिकारक हुन्छ । अझ मासु पकाउँदा आगोमा पोलेर, तारेर पकाउँदा यस्तो खान्कीले मधुमेह, उच्च रक्तचाप तथा क्यान्सर गराउने तत्व शरीरमा उत्पादन गराउन मद्दत पुर्याउँछ । साथै, पाचनप्रणालीमा समेत यसले गम्भीर असर पुर्याउन सक्छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।