मुख्य सामग्रीमा जानुहोस्
Friday, 16 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

घाँटीमा मासुको हड्डी अड्किएर चितवनमा एक जनाको मृत्यु

Himali Patrika 1 मिनेट पढाइ

१८, असोज, चितवन । मासु खाँदा घाँटीमा हड्डी अड्किएर चितवनमा एक जनाको मृत्यु भएको छ । कालिका नगरपालिका वडा नं.८ गैरीवारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको घाँटीमा हाड अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अष्टमी (सोमबार)को साँझ करिब ७:३० बजे खाना खाने क्रममा मासुको हड्डी अड्किए पछि क्षेत्रीलाई स्थानीय मेडिकलमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई पुरानो मेडिकल कलेज ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी तथा प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

घाँटीमा हड्डी अड्कियो भने तत्काल के गर्न सकिन्छ ?

हड्डी कुन ठाउँमा अड्किएको हो त्यो कुरा सबैभन्दा पहिले थाहा पाउनु जरुरी हुन्छ । श्वासनलीमा हड्डी अड्किएको हो भने घुचुकमा हिर्काएर त्यो हड्डी निकाल्ने गरिन्छ, जुन आम विधि हो । तर खाना खाने नलीमा अड्किएको हो भने त्यसको प्राथमिक उपचार केही पनि छैन तुरुन्त अस्पताल पुगेर चिकित्सकको सल्लाह अनुसार उपचार गर्नुपर्छ ।घाँटीमा अड्किएको हड्डी कुनै बेला घाँटी छेडेर अड्किएको हुन्छ भने कहिले श्वासनलीमा सिधा भएर तथा तेस्रिएर बस्न सक्छ ।

कस्तो अवस्थामा अड्किन्छ ?

दाँत नभएका व्यक्ति, राम्ररी नचपाई खाना निल्ने व्यक्ति र मादक पदार्थ सेवन गर्दा मासु खाने व्यक्तिहरूमा हड्डी अड्किने सम्भावना बढी हुने विभिन्न तथ्याङ्कले देखाएको छ । त्यसैले मासु खाँदा यस्ता व्यक्तिहरूले अलि सचेत भएर मासु खानुपर्छ ।

हड्डी अड्कियो भने के उपचार गर्नुपर्छ ?

घाँटीमा हड्डी अड्कियो भने यसको उपचार शल्यक्रिया नै हो । अवस्था अलि जटिल छैन भने सामान्य शल्यक्रिया घाँटीमा पाइप पसाएर हड्डी निकालिन्छ । जटिल अवस्था छ भने सिजरियन शल्यक्रिया नै गर्नुपर्छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।