मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 11 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

प्युठानमा गुडिरहेको बसको ढोकाबाट वान्ता गर्न लाग्दा लडेर महिलाको मृत्यु

Himali Patrika 1 मिनेट पढाइ

प्युठान। प्युठानमा बसको धोकाबाट खसेर एक जना महिलाको ज्यान गएको छ। सरुमारानी गाउँपालिका – २ ददेरीमा गुडिरहेको बसको ढोकाबाट खस्दा उनको ज्यान गएको हो। बसको ढोकामा बसेर वान्ता गर्न खोज्दा महिला खसेकी हुन्।

कामना दैनिकमा प्रकाशित समाचारका अनुसार, जिल्लाको ऐरावती गाउँपालिका -३ निवासी अन्दाजी ४५ वर्षिया वसन्ता पाण्डेको बसको ढोकाबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए।

खड्काका अनुसार मंगलवार दिउसो साढे १२ बजेतिर सरुमारानी -३ नौघाट देखि दाङको भालुवाङ तर्फ जाँदै गरेको लु १ ख ९४७४ नम्वरको बसको ढोकाबाट खसेर पाण्डे गंभिर घाईते भएकी थिईन ।

घाइते पाण्डेलाई उपचारका लागि भालुवाङ स्थित राप्ती पोलिक्लिकमा लगिएकोमा पोलिक्लिनीकले मृत घोषणा गरेपश्चात पोस्टमार्टमका लागि लमही लगिएको प्रहरी नायव उपरिक्षक खड्काले बताए । उनले भने,’ ढोकामा आएर बान्ता गर्ने क्रममा पाण्डेले सन्तुलन गुमाएर लड्न पुगेको भन्ने खुल्न आएको छ।’ बस चालक र बसलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।