मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

भारतमा डिसेम्बर १५ देखि शुरू हुने अन्तर्राष्ट्रिय उडान स्थगित

Himali Patrika 1 मिनेट पढाइ

१५ मंसिर, काठमाडौं । भारतले डिसेम्बर १५ गतेदेखि अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने यसअघिको योजना हालका लागि स्थगित गरेको छ । कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टको त्रासका कारण डिसेम्बर १५ गतेदेखि अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने योजना हालका लागि स्थगित गरिएको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन् ।

भारतको नागरिक उड्डयन महानिर्देशनालयले बुधबार एक परिपत्र जारी गर्दै ओमिक्रोनबाट उत्पन्न पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको र भारतबाट वा यसतर्फ हुने अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुचारु गर्ने मितिबारे उपयुक्त समयमा जानकारी गराइने महानिर्देशनालयले जारी गरेको परिपत्रमा उल्लेख छ ।

‘चिन्ताको विषय बनेको नयाँ भेरियन्ट पत्ता लागेपछि विश्वभर विकसित परिदृश्यलाई मध्यनजर गर्दै सबै सरोकारवालासँगको परामर्शका आधारमा अवस्थालाई नजिकबाट हेरिएको छ’, महानिर्देशनालयले जारी गरेको परिपत्रमा भनिएको छ, ‘उपयुक्त समयमा निर्णय गरी अन्तर्राष्ट्रिय व्यवसायिक उडान सुचारु गर्ने मितिबारे सबैलाई सूचित गरिने छ।’

साउदी अरबमा पनि भेटियो कोरोनाको ओमिक्रोन प्रजातिबाट संक्रमित

कारोनाको ओमिक्रोन प्रजातिका संक्रमित खाडी राष्ट्र साउदी अरबमा पनि भेटिएका छन्। उत्तरी अफ्रिकी राष्ट्र घुमेर आएका ती संक्रमित साउदी अरबकै नागरिक रहेको अल जजिराले उल्लेख गरेको छ।

साउदी अरबको स्वास्थ्य अधिकारीका अनुसार ती संक्रमितलाई आइसोलेट गरेर उपचार भइरहेको छ। पहिलोपटक गत साता दक्षिण अफ्रिकामा पत्ता लागेको कोरोनाको यो प्रजाति कहाँ उत्पत्ति भयो भन्नेबारे वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन्।

हाल प्रचलनमा रहेका कोभिड खोप लगाएकाहरु समेत संक्रमित भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। संक्रमण फैलन नदिन विभिन्न देशले हवाई यात्रामाथि प्रतिबन्ध लगाइरहेका छन्।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।