राँगोको मासु खाँदा घाँटीमा अड्किएर लमजुङमा एक पुरुषको मृत्यु भएको छ । मासुसहितको ह्याकुला निल्ने क्रममा घाँटीमा अड्किएर मर्स्याङ्दी गाउँपालिका ९ सिम्पानी तबैका ४९ वर्षीय शम्शेरबहादुर परियारको मृत्यु भएको डीएसपी प्रकाश श्रीमलले बताए ।
सोमबार अष्टमीको दिउँसो राँगो काटेको र घरमा चौटा खाने क्रममा घाँटीमा अड्किएपछि परियारलाई खुदीस्थित स्थानीय मेडिकलमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई बेंसीसहरस्थित जिल्ला अस्पताल लमजुङमा ल्याएको थियो ।
चिसित्सकले उपचार गर्नका लागि जाँच गराउने क्रममा उनको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्णु विकले बताए । प्रहरीका अनुसार मृतकको पोस्टमार्टमपछि मंगलबार परिवारलाई बुझाइएको छ । सोमबार साँझ चितवन कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको पनि घाँटीमा मासु अड्किएर मृत्यु भएको थियो ।
दशैंमा कस्तो मासु खाने, कसरी खाने ?
रमाईलो चाड मान्ने धूनमा हामीकहाँ दशैंमा एकै दिन धेरै पकाउने अनि लामो समयसम्म खाइराख्ने चलन छ । यो एकदमै गलत हो । हामी मासु कति खान्छौं, त्यति मात्र पकाउने गर्दा स्वास्थ्यलाई राम्रो गर्छ । अनि पकाएर राखेको मासुलाई लामो समयसम्म खाने गर्दा पकाएको मासुमा बिभिन्न किटाणुले आक्रमण गर्र्छ त्यसको व्यवस्थापन हुन नसक्दा फुडपोईजनको समस्या पनि आउन सक्छ । त्यो कसरी हुन्छ भन्दा हामी दशैंमा मासु बढी खान्छौं ।
त्यसलाई अझ बढि स्वादिलो बनाउन नुनिलो, पिरो, मसला हाल्छौ । त्यो उच्च रक्तचाप भएकाले खानै हुँदैन । त्यसले खराब गर्छ । दोस्रो, सुगर, युरिकएसिड, ग्याष्ट्रिक भएकालाई पनि मासुले अत्याधिक नराम्रो गर्छ । चिल्लो, पिरो मसालेदार खानेकुरा मीठो हुन्छ भन्ने चलन छ । त्यसले पनि शरीरलाई असर गर्छ । त्यही भएर दीर्घरोगीहरुलाई तत्काल नराम्रो प्रभाव पार्ने भएकाले सबै सजग हुनुपर्छ । दशैं हो भनेर हेलचेक्र्याई गरेर मसालेदार मासु खाएमा एक दिनको खुवाईले स्वास्थ्यलाई नोक्सान पर्छ ।



