मुख्य सामग्रीमा जानुहोस्
Sunday, 25 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

प्रचण्ड आफु टिका लगाएनन्, तर छोरी-बुहारीलाई टीका लगाइदिए

Himali Patrika 1 मिनेट पढाइ

१९ असोज, काठमाडौं । जनयुद्धमा माओवादीहरू दशैं मनाउँदैन्थे । त्यही जनयुद्धका सर्वोच्च कमाण्डर हुन् माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड । प्रचण्डले भने शान्ति प्रक्रियामा आइसकेपछि परिवारमा दशैं मनाउने गरेका छन् । शान्ति प्रक्रियापछि बुवा मुक्तिराम दाहालसँग प्रचण्डले दशैं मनाएका थिए ।

उनका बुवाको निधन भइसकेको छ ।प्रचण्डले एकमात्र छोरा र एक छोरी पनि गुमाइसकेका छन् ।शान्ति प्रक्रियापछि दशैं प्रवेश गरेको प्रचण्डको परिवारले यो वर्ष पनि दशैं मनाएको छ । प्रचण्डले छोरीहरू, बुहारी र नातिनातिनालाई टीका लगाइदिएका छन् तर उनले भने टीका ग्रहण गरेका छैनन् ।

प्रचण्ड पुत्री गंगा दाहालले दशैंको टीका लगाएपछिको संयुक्त फोटो सार्वजनिक गरेकी हुन् । उक्त फोटोमा प्रचण्ड पनि छन् तर उनको निधार खाली छ । प्रचण्ड पत्नी सीता दाहाल भने फोटोमा छैनन् । उनी बिरामी छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।