मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 15 September 2026
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

थाइल्यान्डसँग नेपाल ३–० ले पराजित

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ । एएफसी यू–१७ एसियाकप छनोटमा नेपाल बुधबार थाइल्यान्डसँग ३–० ले पराजित भएको छ । छनोटको समूह ‘एफ’को पहिलो खेलमा थाइल्यान्डले नेपाललाई सजिलै हराएको हो ।

भियतनामको फु थोस्थित भियत ट्रि स्टेडियममा भएको खेलमा थाइल्यान्डका लागि तोनतवाना पुन्तामुनेले २ गोल गरे । उनले ३५ र ६५ औं मिनेटमा १/१ गोल गरे । यस्तै तानक्रित जाम्पपालीले ७८ औं मिनेटमा १ गोल थपे ।

पूरा खेलमा क्रममा नेपाली किशोर खेलाडीले कुनै गतिलो आक्रमण बुन्न सकेन् । नेपालले अब शुक्रबारको खेलमा भियतनामको सामना गर्नेछ । यस्तै आइतबार नेपाल र चिनिया ताइपेयीबीच खेल हुनेछ । समूहको शीर्ष स्थानमा रहने टिम एएफसी यू–१७ एसियाकपका लागि छनोट हुनेछ । समूहको दास्रो स्थानमा रहने उत्कृष्ट ६ टिम पनि प्रतियोगिताका लागि छनोट हुनेछन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।