मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

कुलमानलाई भेटेर ज्ञानेन्द्र शाहीले भने, ‘भारतमा विद्युत बेच्नुअघि कर्णालीका अँध्यारा वस्तीमा पुर्‍याइयोस्’

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । भ्रष्टाचारविरुद्धका अभियान्ता ज्ञानेन्द्र शाहीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग कर्णालीमा पूर्ण रुपमा विद्युतको पहुँच पुर्‍याउन अनुरोध गरेका छन् ।

बुधबार दिउँसो उनी प्राधिकरणमै पुगेर कर्णालीमा अहिले पनि दियालो र टुकीकै भरमा रात काट्नुपर्ने बाध्यतालाई घिसिङका तर्फबाट पहल हुनुपर्ने आग्रह गरे । कर्णालीमा गाउँमा विद्युत नहुँदा भएका समस्याबारे जानकारी गराउँदै उनले विदेश बेच्ने निर्णय हुनुअघि भएको विद्युत देशभित्रकै दूरदराजमा पुर्‍याउनुपर्ने माग राखेका हुन् ।

‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानका तर्फबाट गएका शाहीले कुलमानसँगको भेटमा भने, ‘विद्युत खेर जाने भने भनेर राजधानीमा चिन्ता हुँदैछ । तर, कर्णालीका गाउँ अझै अँध्यारै छन् । भारतमा बच्ने हारगुहार गर्नुअघि कर्णालीका दुर्गममा विजुली पुर्‍याइयोस ।’

साविक कर्णालीका कालिकोट र जुम्ला सदरमुकामसम्म राष्ट्रिय प्रशारण लाइन पुगेको केही महिना मात्रै भएको छ । तर, अझै पूर्ण रुपमा लाइन विस्तार भइनसकेकाले त्यही विद्युत पनि अनियमित हुने गरेको छ ।

गाउँमा भने अझै पनि टुकी र दियालोकै भरमा रात काट्न बाध्य छन् कर्णालीबासी । उनले कुलमान नेतृत्वमा आउँदा सबैले भरोसा गरेका कारण पनि कर्णालीका दूरदराजमा विद्युतको राष्ट्रिय प्रशारण लाइन विस्तारमा ध्यान दिन आग्रह गरे ।

उनले विद्युत विस्तारका लागि मागसहित ज्ञापनपत्र पनि बुझाएका छन् । ‘कर्णाली र सुदूरपश्चिमका धेरै जिल्लाहरू जुम्ला, हुम्ला, कालिकोट, मुगु, वाजुरा, बझाङ, दार्चुला र बैतडीका दुर्गम वस्तीहरू अझै पनी अँध्यारोमै छन्’ उनले भने, ‘देशमा ठूल्ठुला विद्युत परियोजना बन्नसक्ने क्षमता भएको कर्णालीमै विद्युत पर्याप्त मात्रामा पुर्‍याइएको छैन ।’

उनले कुलमानसँगको भेटमा लोडसेडिङ अन्त्यको प्रशंसा बटुलिरहँदा कर्णालीका अँध्यारा बस्तीहरुले गिज्याइरहेको स्मरण पनि गराए ।

शाहीको गुनासोपछि कुलमान घिसिङले पनि कर्णालीको अवस्थाबारे आफू चिन्तित भएको बताएका छन् । लाइन विस्तारका कामहरु भइरहेकाले केही समयमै कर्णालीका सबै वस्तीमा राष्ट्रिय प्रशारणको पहुँच पुग्ने दावी गरे ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।