मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 22 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

हरेक समुदायमा चाडपर्व मनाउने चलन फेरिँदै

Himali Patrika 1 मिनेट पढाइ

दोधारा चाँदनी । पछिल्लो समय हरेक समुदायमा चाडपर्व मनाउने चलन फेरिँदै गएको छ । घटस्थापनाको दोस्रो दिन मकैको जमरा राख्ने र दसैँको दिन शरीरका पाँच भागमा सेतो टीका लगाउने परम्परा रहेको थारु समुदायमा पछिल्लो समय अन्य समुदायको जस्तै घटस्थापनाका दिन नै जमरा राख्ने र रातो टिका लगाउने गरिन्छ ।

थारु अगुवाका अनुसार केही समययता चाडपर्व मनाउने चलन फेरिँदै गएको छ । थारु अगुवा बलवहादुर डँगौराले थारु समुदायमा परम्परा अनुसार दसैँको टीका सेतो लगाउने चलन रहे पनि अहिले रातो लगाउन थालिएको बताउँछन् । “हाम्रो परम्परा अनुसार दसैँमा सेतो टीका शरीरका पाँच भागमा लगाइन्छ”, उनले भने– “अहिले सबैले अन्य समुदायको जस्तो रातो टीका लगाउन थालेका छन् ।”

समय अनुसार चाडपर्व मनाउने चलन पनि फेरिँदै गएको हो । कञ्चनपुरको सुडाका हरिकृष्ण भट्टले पहिला पहिला दसैँको बेला मन्दिरमा जाने पुजाजाठ गर्ने, रातभर मन्दिरमा जाग्राम रहने र मान्यजनबाट जमरा ग्रहण गरी आशिर्वाद लिने चलन रहे पनि पछिल्लो समय दसैँ केवल खानपीनमा मात्रै सीमित भएको बताए । “अहिले पहिलाको भन्दा फरक तरिकाले चाडपर्व मनाउन थालिएको छ”, उनले भने–“उतिबेला मन्दिरमा जाने चलन थियो, अहिले घुम्न जाने, रमाइलो गर्ने, खानपीनमा बढी ध्यान दिने गरिन्छ ।” अहिले पुस्ताले रमाइलोमा बढी ध्यान दिने गरेको उनको भनाइ छ ।

अहिले प्रविधिको विकासले पनि चाडपर्व मनाउने चलन फेरिँदै गएको स्थानीय विष्णुदत्त पन्तले बताए । “टाढा भए पनि प्रविधिको माध्यमले आफन्तसँगै भएको जस्तो हुन थालेको छ”, उनले भने–“इन्टरनेटको प्रयोगले विदेशमा रहेकाहरु ‘भर्चुअल’ माध्यमबाट टीका लगाएर खुशियाली मनाउने तथा आशिर्वाद लिने गरेका छन् ।”

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।