मुख्य सामग्रीमा जानुहोस्
Sunday, 25 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

जसपालाई २४ सीट दिन एमाले तयार, सहमतिको मस्यौदा तयार हुँदै

Himali Patrika 1 मिनेट पढाइ

सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनबाट बाहिरिने लगभग पक्का भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीचको छलफल सहमतिनजिक पुगेको हो ।दुई दलबीच सहमतिको मस्यौदा तयार भइरहेको र आजै हस्ताक्षर गर्ने तयारी रहेको उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो ।

यता जसपाका नेताहरू राजेन्द्र श्रेष्ठ र मनिष सुमन बालुवाटारस्थित सत्ता गठबन्धनको बैठकमा छन् । उपेन्द्र स्वयं ओलीसँग वार्तामा रहेकाले जसपा सत्ता गठबन्धनमा नरहने पक्का जस्तै भएको छ । स्रोतका अनुसार एमालेसँगको तालमेलमा जसपाले २४ सीट पाउने भएको छ ।

मधेश प्रदेशमा १६ र अन्य प्रदेशमा ८ सीट जसपाले पाउने गरी सहमतिको मस्यौदा तयार भइरहेको स्रोतले पुष्टि गर्‍यो । सत्ता गठबन्धनमा १५ देखि १६ सीट मात्र पाउने भएपछि जसपा एमालेसँग नजिकिएको हो । जसपाको डबल स्ट्यान्डर्डका कारण बालुवाटारमा सत्ता गठबन्धनको बैठक भने निर्णयमा पुग्न सकिरहेको छैन।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।