मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

गठबन्धन भत्काउन लागेको भन्दै उपेन्द्र यादवलाई प्रचण्ड सचिवालयको चेतावनी

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । सिट बाँडफाटको टुंगो लगाउन बसेको गठबन्धन बैठकमा जनता समाजवादी पार्टी (जसपा)का नेताहरू अनुपस्थित भएका छन्। सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै जसपा नेताहरू बैठकमा सहभागी नभएका हुन्।

जसपा स्रोतका अनुसार अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरू नेकपा एमालेसँग चुनावी तालमेलका लागि अन्तिम तयारीमा रहेका छन्। १६ सिट पाउने भएपछि गठबन्धनसँग असहमति जनाउँदै अध्यक्ष यादव बिहीबार बालकोट पुगेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहमतिको ड्राफ्टसमेत भएको स्रोतको भनाइ छ। तर चुनावी तालमेल कोसँग गर्ने भन्ने अन्यौल अझै कायम रहेको जसपा स्रोतको भनाइ छ।

जसपाले गठबन्धन भत्काउन लागेको भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाएका छन्। उनले संविधानको रक्षाका लागि गठबन्धन बनेको र त्यो भत्काउँदा संघीयता र प्राप्त उपलब्धिमाथि घात हुने प्रचण्ड सचिवालयले उल्लेख गरेको छ।

‘अहिले प्रतिगमनकारी, संघीय लोकतन्त्रविरोधी शक्तिहरु सिट बाँडफाँडमा कुरा नमिलेर गठबन्धन भत्काउने षडयन्त्र गर्ने र प्रतिगमनतर्फ देशलाई लैजाने दिवास्वप्न देखिरहेका हुन सक्छन्। तर गठबन्धन वैचारिक र राजनीतिक उद्देश्यको जगमा निर्माण भएको हो। केही असहमति हुनसक्छ। तर यो गणतन्त्र संस्थागत नहुँदासम्म र प्रतिगमन पूरै परास्त नहुँदासम्म निरन्तर कायम रहोस् भन्ने हामी सबैको चाहना हो। यो मूल मर्मबाट कोही दायाँबायाँ हुन्छन् भने त्यो लोकतन्त्र, संघीयता र हामीले प्राप्त गरेका उपलब्धिमाथि घात हुनेछ,’ प्रचण्डका स्वकीय गंगा दाहालले लेखेका छन्।

गठबन्धन कुनै राजनीतिक लाभहानीभन्दा पनि प्रतिगमनविरुद्ध संविधानको रक्षा र अग्रगमनका पक्षमाआम नेपाली जनताको मतको सम्मान गर्दै बनेको उनले उल्लेख गरेकी छन्। ‘सत्ता या अरु लाभहानी खोज्न चाहना राखेको भए दुई-दुई पटक संविधानमाथि प्रहार भएको परिस्थितिमा गठबन्धनका दलहरुले एमालेसँग मिलेर सत्तालाभ लिन सक्थे। तर लोकतन्त्रप्रतिको निष्ठाका कारण गठबन्धनका दलहरु जिम्मेवार बने र संविधानको रक्षा गर्दै स्वभाविक प्रकृतिको निर्वाचनसम्म हामी पुगेका हौं,’ उनले लेखेकी छन्।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।