एमालेबाट टिकट नपाउने थाहापाएपछि स्वतन्त्र उम्मेदवार बन्ने गंगा थारुको घोषणा

एमालेबाट टिकट नपाउने थाहापाएपछि स्वतन्त्र उम्मेदवार बन्ने गंगा थारुको घोषणा

काठमाडौं । नेकपा एमालेकी निवर्तमान सांसद गंगा चौधरी सतगौंवाले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छन् । एमालेबाट दाङ १ को उम्मेदवार बन्न खोजेकी चौधरीले शुक्रबार फेसबुकबाट आफू स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको बताएकी हुन् ।

सो क्षेत्रबाट एमालेले पोलिटव्युरो सदस्य तथा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई उम्मेदवार बनाउने थाहा पाएपछि गंगाले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी हुन् ।

चौधरीले भनेकी छन्, ‘आज मैले ठीक निर्णय गरे या बेठीक मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागिरहनेछु । जनता भगवान हुन्, जनता नै सर्वोपरि हुन् । देशलाई शीरमाथि राखेर आज स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउँदैछु, हजुरहरुको साथ चाहिएको छ ।’ पहिलो र दोस्रो संविधानसभामा थरुहट पार्टीबाट समानुपातिक सभासद् भएकी चौधरी २०७४ मा एमालेको उम्मेदवार बनेर समानुपातिक सांसद भएकी थिइन् ।

Europass CV in Nepal

आफूले एमालेको सदस्यताबाट राजीनामा भने दिइनसकेको उनले बताइन् । ‘मैले पार्टीबाट औपचारिक राजीनामा दिएको छैन । राजीनामा नदिएसम्म पार्टी छाडेको भन्न मिलेन’ उनले भनिन् ।