मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
विज्ञान / प्रविधि

टोपबहादुर रायमाझी भन्छन्, “अब को पूर्वमाओवादी ? हामी सबै एमाले !”

Himali Patrika 1 मिनेट पढाइ

नेकपा एमालेका नवनिर्वाचित सचिव टोपबहादुर रायमाझीले पार्टीभित्र अब को पूर्वमाओवादी, को एमाले भनेर कित्ताकाँट गर्न नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले भने, “अब हामी माओवादी रहेनौं । त्यो इतिहासको कुरा हो । एमाले र माओवादी मिलाएर नेकपा बनायौं । नेपा एमाले नेकपाकै निरन्तरता हो । अब पाटीभित्र को माओवादी, को एमाले भनेर कित्ताकाँट गर्ने कुरा आउँदैन ।”

आफूहरु मुलुक र पार्टीको आवश्यकता अनुसार केपी शर्मा ओलीको नेतृत्वलाई मानेर अघि बढेको उनले बताए । रायमाझीले थपे, “हामी पद होइन, मुलुक र जनतालाई सर्वोपरि मान्छौं । राजनीतिमा लाग्ने सबैले पद पाउँछन् भन्ने होइन, तर ओली देश र जनताको आवश्यकता अनुसार छानिएको नेता हो । हामी सबै उहाँलाई नेता मानेर अघि बढेका हौं । अब प्रतिस्पर्धा वा सहमतिमा पाएको जिम्मेवारी पूरा गर्छौं ।”

एमालेमा आन्तरिक जनवाद निमिट्यान्न नहुने पनि उनले बताए । उनले भने, “पार्टीभित्र आन्तरिक जनवाद हुन्छ । कसैले जित्छ, कसैले हार्छ । जित्ने महान्, हार्ने पत्तासाफ हुने भन्ने कुरा आउँदैन । संख्याभन्दा आकांक्षी बढी भएपछि चुनाव भएको हो । जित्नेले नेतृत्व लिने र हार्नेले सहयोग गर्ने हो ।”

उनले एमाले नेपालको कम्युनिस्ट आन्दोलनको प्रमुख शक्ति र मूलधार भएकाले सबै कम्युनिस्ट घटक यसमा समेटिने जिकिर गरे । उनले भने, “प्रचण्ड, माधव नेपाल लगायत कतिपय साथीहरु चोइटिएर जानुभयो । घर परिवारको पार्टी खोले पनि आठदस जना मान्छे हुन्छन् । पार्टी विभाजन भयो, अब एकता नहोला भन्न सकिँदैन ।”

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।