एमालेबाट कोमल वलीले पनि पाइन् टिकट

एमालेबाट कोमल वलीले पनि पाइन् टिकट

२१ असोज, काठमाडौं । एमालेले दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट कोमल वलीले चुनाव लड्न टिकट दिएको छ । एमाले नेताहरुका अनुसार वलीले टिकट पाएकी हुन् ।वलीका अनुसार उनले २०७४ सालकै चुनावमा यो क्षेत्रबाट चुनाव लड्ने तयारी गरेकी थिइन् । पार्टीले टिकट नदिएपछि चुप बसेकी उनलाई एमालेले राष्ट्रिय सभा सदस्य बनाएको थियो ।

यसपाली एमालेले वलीलाई प्रतिनिधि सभामा प्रत्यक्ष तर्फको उम्मेदवार बनाएको हो । यस्तै, दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट शान्ता चौधरी र निर्वाचन क्षेत्र नम्बर २ बाट शंकर पोखरेलले टिकट पाएका छन् ।

आज म बोल्दिनँ, भोलि बोल्छु : भीम रावल

Europass CV in Nepal

नेकपा (एमाले) ले भीम रावललाई टिकट दिएन । अछाम-१ मा चुनाव लड्नेगरि एकल नाम सिफारिश भएका रावललाई अन्तिम समयमा आएर पार्टीले उम्मेदवार नबनाउने निर्णय गरेको छ । रावलको ठाउँमा पार्टीले झपट बोहोरालाई उम्मेदवार बनाउने भएको छ। रावलले भने यसबारेमा आफूले आज केही प्रतिक्रिया नदिने बताएका छन् । उनले सबै कुरा बुझेर भोलिमात्रै प्रतिक्रिया दिने स्पष्ट पारे ।