एमालेले दियो सूर्य थापालाई प्युठानबाट टिकट

एमालेले दियो सूर्य थापालाई प्युठानबाट टिकट

नेकपा एमालेले सूर्य थापालाई प्युठानबाट प्रतिनिधि सभा उम्मेदवारको टिकट दिएको छ। थापा एमालेका प्युठान इन्चार्ज समेत हुन्। प्रधानमन्त्री केपी ओलीको दोश्रो कार्यकालमा थापा उनका प्रेस सल्लाहकार समेत थिए। त्यस्तै एमालेले योगेश भट्टराईलाई ताप्लेजुङबाट टिकट दिएको छ भने कृष्णभक्त पोखरेललाई चितवन क्षेत्र नम्बर २ बाट दिएको छ।

चितवन क्षेत्र नम्बर १ का सुरेन्द्र पाण्डेले भने अहिलेसम्म टिकट पाउने वा नपाउने भन्ने टुंगो नभएको स्रोतले जनाएको छ। भीम रावल र घनश्याम भुसालले भने टिकट नपाउने पक्का भएको छ। एमालेनिकट स्रोतका अनुसार भुसालको निर्वाचन क्षेत्र रूपन्देही ३ मा राप्रपाका दिपक बोहोराले टिकट पाएका छन्। यो क्षेत्रमा एमालेले राप्रपालाई सघाउनेछ।  त्यस्तै अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएका रावलको साटो माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोराले टिकट पाउने भएका छन्।

कोमल वली एमालेको प्रत्यक्ष तर्फबाट दाङ ३ की उम्मेदवार

Europass CV in Nepal

नेकपा एमालेले गायिका कोमल वलीलाई यसपटक निर्वाचनमा प्रत्यक्ष तर्फको उम्मेदवार बनाएको छ। एमालेले उनलाई दाङको निर्वाचन क्षेत्र नम्बर ३ को उम्मेदवार बनाउने भएको छ। वली त्यहीबाट चुनाव लड्ने भएकी छिन्। अघिल्लो निर्वाचनमा उनी यही क्षेत्रबाट चुनाव लड्ने तयारी गरेकी थिइन्। तर त्यतिबेला उनलाई टिकट दिइएन्। टिकट नदिएपनि पछि वलीलाई एमालेले राष्ट्रिय सभा सदस्य बनायो।

यसैगरी एमालले दाङको निर्वाचन क्षेत्र नम्बर १ मा शान्ता चौधरी र निर्वाचन क्षेत्र नम्बर २ मा शंकर पोखरेललाई उठाउने भएको छ। यी तीन उम्मेदवारले दाङबाट टिकट पाएको एक एमाले नेताले बताएका छन्।