मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 15 September 2026
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

भीम रावलले टिकट नपाएपछि अछामका एमाले संयोजकले दिए राजिनामा

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । भीम रावलले टिकट नपाएपछि अछाममा भूकम्प गएको छ । नेकपा एमाले अछाम निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय निर्वाचन कमिटी संयोजकले राजीनामा दिएका हुन्। आफ्नो निर्वाचन क्षेत्रले सर्वसम्मत रुपमा सिफारिस गरेको नाम केन्द्रबाट हेरफेर भएकोमा असन्तुष्ट जनाउँदै संयोजक शाहले राजीनामा दिएका हुन्।

उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको राजीनामा पत्रमा भिम रावलको ठाउँमा टिकट दिइएका झपट बोहराकै प्रमुख आतिथ्यमा उक्त निर्णय भएको अवगत गराएका छन्।

उनले भनेका छन्, ‘भदौ १९ गत एकल नाम भिम रावलको सिफारिस भएको तर पार्टी केन्द्रले समन्वय कमिटीको सर्वसम्मत सिफारिसलाई नमानेका कारण म समन्वय कमिटीको संयोजक पदमा बसी रहन नैतिकताले दिँदैन।’

लामो समयदेखि उक्त क्षेत्रबाट चुनाव लड्दै आएका रावललाई यसपल्ट टिकटबाट वञ्चित गरिएको छ। रावलको ठाउँमा माओवादी केन्द्रबाट आएका बोहराले टिकट पाएका हुन्। जसका कारण अछामका एमाले नेता कार्यकर्ता चिढिएका छन्।

पार्टी केन्द्रको अपानी अनुसार प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस गरिए पनि केन्द्रबाट सिफारिसमा परेका रावललाई टिकट नदिएको भन्दै संयोजक शाहले राजीनामा दिएको बताएका छन्।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।