५ गोलले जितेपछि भियतनामी प्रशिक्षकले भने, ‘नेपाली टीम त सामान्य रहेछ’

५ गोलले जितेपछि भियतनामी प्रशिक्षकले भने, ‘नेपाली टीम त सामान्य रहेछ’

काठमाण्डौं । एएफसी अण्डर १७ एशियन कप २०२३ को छनौट प्रतियोगितामा नेपालसँगको फराकिलो जितपछि भियतनामका मुख्य प्रशिक्षक नुयन टुआनले नेपाल सामान्य टीम रहेको प्रतिक्रिया दिएका छन् ।

शुक्रबार भएको समूह ‘एफ’ अन्तर्गत नेपालसँग ५–० गोल अन्तरको जित निकालेपछि पोष्ट म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक नुयनले यस्तो प्रतिक्रिया दिएका हुन् ।उनले प्रतियोगिता अघि सहभागि चारै टोलि समान देदिएस्पनि आजको खेलपछि प्रतियोगिताको बलियो टोलि भियतनाम र थाइल्याण्डमात्र हो भन्ने स्पष्ट भएको बताएका छन् । उनले भियतनामले थाइल्याण्डलाई अण्डर १६ उमेर समूहमा हराइसकेको स्मरण गराउँदै थाइल्याण्डसँग डर नरहेको प्रतिक्रिया समेत दिए ।

प्रशिक्षक नुयनले भने, ‘क्वालिफायर्स अघि सबै चार टीम बराबर थिए । तर आज २ खेलपछिको नतिजा हेर्दा मैले थाहाँ पाए कि भियतनाम र थाइल्याण्ड मात्रै बलियो टीम रहेछ । हामीले थाइल्याण्डलाई अण्डर १६ मा हराइसकेका छौ, त्यसै हामीलाई उनीहरुसँग आगामी खेलका लागि कुनै डर छैन ।’साथै नुयनले दोश्रो हाफमा हामीले नेपालसँग खेल खेले पुग्ने देखिएकोले सामान्य खेलमात्र खेलेको बताए । उनले पहिलो हाफको नतिजापछि आफूहरुलाई कुनै हतारो नरहेको र आरामले खल्दा पुग्ने बुझेरै सामान्य रुपमा मैदानमा प्रवेश गरेको उल्लेख गरे ।

नुयनले थाइल्याण्डसँगको महत्वपूर्ण खेलका लागि आफूले खेलाडीहरुलाई इन्ज्युरी हुन नदिन पनि नेपालसँग सामान्य खेल खेलाएको प्रतिक्रिया दिएका छन् ।भियतनाम जारी प्रतियोगितामा लगातार दोश्रो जित निकाल्दै समूहको शिर्ष स्थानमा छ । उसको २ खेलमा ६ अंक भएको छ भने समान खेलमा समान अंक रहेको थाइल्याण्ड गोल भिन्नताको आधारमा दोश्रो स्थानमा छ ।चाईनिज ताइपेइ र नेपाल अंकविहिन रहँदै क्रमश तेश्रो र चौथो स्थानमा छ ।