मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 23 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

जापानका पूर्वप्रधानमन्त्री आबेको अभिव्यक्तिप्रति चीन रुष्ट, आपतकालीन बैठकमा जापानी राजदूतलाई बोलाइयो

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबोले ताइबानबारे दिएको पछिल्लो अभिव्यक्तिबाट रुष्ट चीनले जापानी राजदूतलाई आपतकालीन बैठकका लागि बोलाएको छ । चिनियाँ विदेश मन्त्रालयका अनुसार चीनका सहायक विदेशमन्त्री हुया चुनयिङ्गले जापानका राजदूत शुई हिदेओलाई बेइजिङ आयोजित आपतकालीन बैठकमा बोलाएको बीबीसीले जनाएको छ ।

जापानका पूर्वप्रधानमन्त्री आबेले बुधबार ताइवानका एक थिङ्क ट्यांकको भर्चुअल कार्यक्रममा यदि चीनले ताइवानमा आक्रमण गरेमा जापान र अमेरिकाले ताइवानको पक्ष लिने अभिव्यक्ति दिएका थिए ।

आबेको यस अभिव्यक्तिपछि चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘यो चीनको सम्प्रभुतामा खुला चुनौती र स्वतन्त्र ताइवानप्रति निर्लज्ज समर्थन हो । चीन यसको कडा विरोध गर्दछ ।’

आबेले ताइवानमा चीनले आक्रमण गरेमा जापानको सुरक्षामा गम्भीर असर पर्ने अभिव्यक्ति दिएका थिए । आबेले गत वर्ष जापानको प्रधानमन्त्री पद त्यागेका थिए । उनी हाल जापानको सत्तारुढ लिबर डेमोक्रेटिक पार्टीका नेता हुन् र उनी पार्टीमा प्रभावशाली मानिन्छन् ।

(यसअघि यस समाचारमा असम्बन्धित तस्वीर असावधानीबस प्रयोग हुन गएकोमा क्षमाप्रार्थीसहित सच्याइएको छ । सं.)

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।