काठमाडौं । नेकपा माओवादी केन्द्रले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई प्रतिनिधिसभातर्फ दुई सीट दिएको छ ।माओवादीले काठमाडौं ७ र सर्लाही २ मा समाजवादी केन्द्रका उम्मेदवारलाई टिकट दिएको हो ।
काठमाडौं ७ मा मानुषी यमी भट्टराई उम्मेदवार हुने भएकी छन् । बाबुरामले गोरखा २ मा प्रचण्डलाई समर्थन गरेपछि छोरी मानुषीलाई प्रचण्डकै प्रस्तावमा काठमाडौं ७ मा उम्मेदवार बनाइएको हो ।
काठमाडौं ७ मा यसअघि पहिलो संविधानसभा निर्वाचनमा मानुषीकी आमा हिसिला यमी निर्वाचित भएकी थिइन् भने सोही क्षेत्रमा २०७० सालमा पराजित भएकी थिइन् ।यस्तै सर्लाही २ बाट महिन्द्रराय यादवले टिकट पाएका छन् ।
चुनाव नलड्ने सभामुख सापकोटाको घोषणा
सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकबाट प्रतिनिधि सभाको चुनाव नलड्ने घोषणा गर्नुभएको छ । आज पत्रकार सम्मेलन गरेर सभामुख सापकोटाले युवाहरुलाई अवसर दिन र नेतृत्वमा ल्याउनको लागि आफूले आउँदो मंसिर ४ गते हुने चुनाव नलड्ने घोषणा गर्नुभएको हो ।
सापकोटा २०६४ सालको संविधानसभाको चुनावसहित तीन वटै चुनावमा सिन्धुपाल्चोक–१ बाट विजयी हुनुभएको थियो । सभामुख सापकोटाले आजसम्म सिन्धुपाल्चोकको जनप्रतिनिधि भएर जिल्लाको विकास निर्माणमा ठूलो योगदान दिएको र अझै पनि आफ्नो क्षमताले भ्याएसम्म जिल्ला र समग्र देशकै समृद्धिको लागि पहल गर्ने पनि बताउनुभएको छ ।