मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

मानुषी भट्टराईले काठमाडौं-७ बाट टिकट पाइन्

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ ।  माओवादी केन्द्रबाट मानुषी यमी भट्टराईले काठमाडौैं निर्वाचन क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाएकी छन् । नेपाल समाजवादी पार्टीकी केन्द्रीय सदस्य मानुषीले काठमाडौं ७ बाट टिकट लिइसकेको बताइन् ।

माओवादी केन्द्र र नेसपार्टीले हँसिया हथौडा चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने सहमति गरेको थियो । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पूर्वमन्त्री हिसिला यमीकी छोरी मानुषीलाई माओवादीले काठमाडौं ७ बाट उम्मेदवार बनाएको हो ।

भट्टराई पक्षका महिन्द्रराय यादवलाई माओवादीले सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएको छ ।नेसपामा रहेका मानुषी र महिन्द्रले टिकट पाएका निर्वाचन क्षेत्र सत्तारुढ गठबन्धनमा माओवादी केन्द्रले लिने सहमति भएको थियो ।

मानुषीले आफूले टिकट लिइसकेको र उम्मेदवारी दर्ताको तयारीमा रहेको बताइन् । उनले यसअघि घरदैलो कार्यक्रमसहित चुनाव प्रचारप्रसार सुरु गरिसकेकी थिइन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले भने निर्वाचनमा भाग नलिने बताइसकेका छन् । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट २०७४ सालमा निर्वाचित भएका उनले यसपटक संसदीय राजनीतिमा सहभागी नहुने बताएका हुन् । उक्त क्षेत्रबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चुनाव लड्ने भएका छन् ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।