मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 15 September 2026
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

रविलाई चितवन २ मा असन्तुष्ट कांग्रेसकै भर

Himali Patrika 1 मिनेट पढाइ

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने अन्तत: चितवन क्षेत्र नम्बर २ बाट उठ्ने भएका छन्। उनी काठमाडौं, चितवन-३ र २ मध्ये कहाँबाट उठ्ने भन्ने अन्यौलमा थिए।पार्टीका नेता दीपक बोहोराले लामिछाने क्षेत्र नम्बर २ बाट उठ्ने टुंगो लागेको बताए।

उम्मेदवारीको टुंगो लाग्नुअघि लामिछाने र उनका सहयोगीहरूले नेपाली कांग्रेसका असन्तुष्ट कार्यकर्तासँग पनि छलफल गरेका थिए।स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवारीलाई पार्टीले सहयोग गरेपछि चितवन कांग्रेसभित्र ठूलो असन्तुष्टि थियो।

उनीहरूले गठबन्धनका उम्मेदवार रेनु दाहालविरूद्ध पुराना नेता जगन्नाथ पौडेललाई उम्मेदवार बनाएका थिए। पौडेलले सन्तोषजनक भोट ल्याएपछि हौसिएको कांग्रेसको ‘भुइँकटहर समूह’ले प्रतिनिधिसभा सदस्यमा पनि पौडेललाई उठाउने भएको छ।

पौडेल चितवन-३ बाट उठ्दैछन्। रविले क्षेत्र नम्बर २ का असन्तुष्ट कांग्रेस कार्यकर्ताको मत तान्ने प्रयास गरेका छन्। नेपाली कांग्रेसमा क्षेत्र नम्बर २ बाट जिल्ला सभापति राजेश्वर खनाल र पूर्वसभापति जीतनारायण श्रेष्ठले पनि आवेदन दिएका थिए। तर पार्टीले नेता उमेश श्रेष्ठलाई टिकट दियो।

जिल्लामा भिजेका नेतालाई टिकट नदिएकोमा स्थानीय कार्यकर्ता असन्तुष्ट छन्। रविले उनीहरूबाट पनि भोटको आशा राखेका छन्। ‘हामीलाई त पार्टीले कारबाही गरेको छ, त्यसैले अहिले कुन पार्टीको भन्ने छैन,’ स्थानीय निर्वाचनको समयमा कांग्रेसको कारबाहीमा परेका युवा नेता आनन्द राउतले भने, ‘गठबन्धन बाहेकका जुन कुनै पार्टीलाई सहयोग गर्न सकिन्छ।’

उनले स्वतन्त्र उम्मेदवारहरूलाई पनि सहयोग सकिने बताए। ‘रवि लामिछानेलाई पनि सहयोग गर्न सकिन्छ तर अ‍ौपचारिक छलफल भएको जानकारी मलाई छैन,’ उनले भने, ‘पहिले उम्मेदवारी दर्ता होस् त्यसपछि छलफल गर्छौं।’

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।