संयुक्त गठबन्धनबाट दाङ–२ मा रेखा शर्माको उम्मेदवारी दर्ता

संयुक्त गठबन्धनबाट दाङ–२ मा रेखा शर्माको उम्मेदवारी दर्ता

दाङ । आगामी मंसिर ४ गते हुने चुनावमा प्रतिनिधि सभातर्फ दाङ निर्वाचन क्षेत्र नम्बर – २ बाट गठबन्धनका तर्फबाट नेकपा माओवादीकी रेखा शर्माले उम्मेदवारी दर्ता गर्नु भएको छ ।

जिल्ला अदालत परिसर घोराहीमा रहेको निर्वाचन कार्यालयमा पुगेर शर्माले उम्मेदवारी दर्ता गराउनु भएको हो । उम्मेदवारीसँगै शर्माकाे प्रतिस्पर्धा नेकपा एमालेका महासचिव शंकर पाेखरेलसँग हुनेछ ।

यसैगरी प्रदेश सभातर्फ भने (१) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राजु खनाल तथा (२) मा पनि कांग्रेसकै प्रचण्ड बिक्रम न्यौपानेले उम्मेदवारी दर्ता गराउनु भएको छ ।