प्रतिनिधि सभाको निर्वाचन लड्न डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवाविरूद्ध स्वतन्त्र उम्मेदवार सागर ढकालले उम्मेदवारी दर्ता गराएका छन्। आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।
मनोनयन दर्ता पश्चात् उनले डडेल्धुराका जनताले आफूलाई नातावाद नहेरेर देश र विकासका लागि जिताउने विश्वास व्यक्त गरे। उनले दुई दिन भोकै व्रत बसेर देशका लागि संकल्प गर्ने पनि बताए। ढकाल गुल्मीबाट देउवाको गृह जिल्लामा चुनाव लड्न आएका हुन्।
दुई दिन निराहार ब्रत बस्छु
नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाको गृहस्थानमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका सागर ढकालले २ दिन निराहार ब्रत बस्ने बताएका छन् । उम्मेदवारी मनोनयनको अन्तिम दिन आज जिल्ला निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्दै उनले निराहार ब्रत बस्ने फेसबुकमार्फत् उनले जानकारी गराएका हुन् । डडेल्धुराको प्रदेश क्षेत्र नम्बर ‘क’ बाट महेश सिंह धामीले ढकालसंगै स्वतंत्र उम्मेदवारी दर्ता गरेका छन् ।
उनले लेखेका छन ‘आज विधिवत् रुपमा हामीले उम्मेदवारी दर्ता गरेका छौँ। यसै उपलक्षमा उग्रतारा,घटाल, पर्शुराम बाबा लगायतका देवी देवतालाई साक्षि राख्दै डडेल्धुरा र देश बासिलाई नयाँ आशा, विश्वास, विकास दिलाउनको लागि २ दिनको निराहार ब्रत पनि बस्ने निर्णय गरेको छु जुन वैज्ञानिक हिसाबले पनि उपयुक्त हो ।’

