शान्ता चौधरीबिरुद्ध गंगा चौधरीले दिइन बागी उम्मेदवारी

शान्ता चौधरीबिरुद्ध गंगा चौधरीले दिइन बागी उम्मेदवारी

दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (एमाले)की निवर्तमान सांसद गंगा चौधरी सत्गौवाले उम्मेदवारी दर्ता गराएकी टन् । उनले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएकी हुन् । एमालेको तर्फबाट दाङ क्षेत्र नम्बर १ मा निवर्तमान सांसद शान्ता चौधरीले उम्मेदवारी दर्ता गराएकी थिइन् ।

पार्टीले टिकट नदिएपछि गंगाले उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । उम्मेदवारी दिएपछि एमालेको केन्द्रीय सदस्यबाट राजीनामा दिने पनि उनले घोषणा गरेकी थिइन् । उनी दाङ १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएकी थिइन् । दाङ २ की स्थायी बासिन्दा शान्ता एमाले उम्मेदवार बनेपछि गंगा चौधरीले बागी उम्मेदवारी दिएकी हुन् ।

गंगा थरुहट आन्दोलनबाट राजनीतिक चर्चामा आएकी हुन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी समानुपातिकतर्फबाट निर्वाचित भएकी थिइन् ।