मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

माओवादीको राष्ट्रिय सम्मेलनमा आमसभा नहुने

Himali Patrika 1 मिनेट पढाइ

नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन राजधानीको प्रज्ञा भवनमा हुने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा आज बसेको स्थायी समिति बैठकले सम्मेलनको उद्घाटन र बन्दसत्र प्रज्ञा भवनमा गर्ने निर्णय गरेको माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए।

माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म आयोजना गरिने भएको छ। माओवादीले राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा आमसभा भने नगर्ने भएको छ। यस्तै यही मङ्सिर २५ गते हुने प्रदेश सम्मेलनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने निर्णय पनि भएको उनले जानकारी दिए।

सात भौगोलिक प्रदेश र उपत्यका विशेष प्रदेशको सम्मेलन यही मसिर २५ गते हुँदैछ। माओवादीले यही मंसिर ११ गते पालिका सम्मेलन सम्पन्न गरेको थियो। राष्ट्रिय सम्मेलनका विषयमा छलफल गर्न माओवादीको स्थायी समिति बैठक शुक्रबार बिहान ८ बजे पुनः बस्नेछ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।