मुख्य सामग्रीमा जानुहोस्
Saturday, 12 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
समाचार

जुम्ल्याहा बच्चाको आमा बनिन दक्षिण भारतीय अभिनेत्री नयनतारा

Himali Patrika 1 मिनेट पढाइ

चर्चित दक्षिण भारतीय अभिनेत्री नयनतारा र निर्माता तथा निर्देशक विग्नेश शिवन आमाबुवा बनेका छन्।विवाह गरेको चार महिनापछि उनीहरू जुम्ल्याहा बच्चाको अभिभावक भएका हुन्। विग्नेशले आफ्नो इन्स्टाग्राममार्फत उक्त जानकारी दिएका छन्।

‘नयन र म अम्मा र अप्पा बनेका छौं। हामी भाग्यमानी छौं कि हाम्रा जुम्ल्याहा बच्चा भएका छन्। हाम्रा सबै प्रार्थना, हाम्रा पुर्खाहरूका आशीर्वाद, हाम्रो बच्चाको रुपमा आएका छन्। हामीलाई तपाईंहरूको आशीर्वाद चाहिन्छ,’ उनले इन्स्टाग्राममा लेखेका छन्।

भारतीय सञ्चार माध्यम इन्डिया टुडेका अनुसार उनीहरूले सरोगेसीमार्फत जुम्ल्याहा छोरालाई जन्म दिएका हुन्। उनीहरूले आफ्नो छोराहरूको नाम उइरो र उलगाम राखेका छन्। नयनतारा र विग्नेशको ९ जुनमा विवाह भएको थियो। उनीहरूले ९ अक्टोबरमा आफ्नो बच्चा जन्मेको सार्वजनिक गरेका हुन्।

नयनतारा र विग्नेशको भेट ‘ननुम राउडी धान’को सेटमा भएको थियो। सन् २०१५ बाट उनीहरू प्रेम सम्बन्धमा थिए। उनीहरूले सन् २०१६ मा एक अवार्ड शोमा प्रेम सम्बन्धमा रहेको बताएका थिए।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।