गत शुक्रबारदेखि प्रदर्शन भइरहेको फिल्म ‘२ नम्बरी’ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।फिल्मका निर्माता किरण नेपालीले एक साता नपुग्दै आफूहरू नाफामा गइसकेको बताएका छन्। फिल्मबाट राम्रो मुनाफा कमाउने भएपछि निर्माता किरण नेपालीले फिल्म निर्माणमा पर्दा पछाडि रहेर दुःख गरेका प्राविधिकहरूलाई बोनस दिने भएका छन्।
‘फिल्म निर्माणको समयमा कम पारिश्रमिकमा पनि निकै दुःख गरेर काम गर्नुभएका प्राविधिकहरूलाई हामी बोनस दिन्छौं। फिल्म हिट बनाउनमा उहाँहरूको पनि ठूलो हात छ,’ उनले भने। प्राविधिकहरूलाई कति मुनाफा दिने भन्ने अहिले पक्का नभएको उनले बताए।
दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेकाे फिल्ममा सौगात, दयाहाङ, उपासन र उगेनसँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, श्रेयांश पौडेल, विश्वास गुरुङ, डिबी गुरुङ, राजु थापामगर, सागर शाह ठकुरी, सतिश सिंह खत्री, गणेश बस्याल, राजकुमार राईलगायत कलाकारको अभिनय छ। फिल्ममा दुई साथीको मित्रतालाई देखाइएको छ। दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानीमा बनेको फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन्।
दर्शकले अत्यधिक रुचाए
चलचित्र नम्बर २ लाई दर्शकले रुचाएका छन् । रिलिजको दिनदेखि नै फिल्म हाउसफुल भएको छ । आइतबार राति आयोजित चलचित्रको विशेष शोमा दुई नम्बरमा हेरेका चलचित्र दर्शकले पनि रुचाएका छन् । यसको कथा, प्रस्तुति र सन्देश उत्कृष्ट रहेको अभिनेत्री पूजा शर्माले बताइन् । चर्चित हाँस्य कलाकार सन्तोष पन्तले यो चलचित्र आम नेपालीले हेर्नुपर्ने बताए । फिल्मको कथा आफ्नै माटोको हो । अर्गानिक कथालाई निर्देशकले रमाइलो ढंगले बनाएका छन् । फिल्म हेरेपछि पन्तले भने । सामाजिक मुद्दामा चलचित्र निर्माण गर्दै आएका दीपेन्द्र लामाले यसपटक जंगली जनावर चोर्ने सिकारीको कथा सुनाएका छन् ।
नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले पनि चलचित्रको प्रशंसा गरेका छन् । निर्देशक शोभित बस्नेतले यसअघि दीपेन्द्र लामाले आफ्नो लागि फिल्म बनाएको तर यसपटक दर्शकका लागि बनाएको बताए । नेपाल समाचारपत्रमा खबर छ । दर्शक र चलचित्रकर्मीको प्रतिक्रियाबाट उत्साहित चलचित्रका अभिनेता दयाहाङ राईले सामाजिक सन्देश बोकेको चलचित्र भएकाले दर्शकको मन छोएको बताए । भुटानी अभिनेत्री उगेन चोडेनले नेपाली दर्शकले स्वागत गरेको भन्दै खुशी व्यक्त गरेकी छन् । किरण नेपालीले संचालन गरेको यो चलचित्रले रिलिजको चौथो दिनमा मिड डे शोमा समेत दर्शकको मन जितेको छ ।