भीम रावलको घोषणा – ‘म एमाले पार्टी छाड्दैन’

भीम रावलको घोषणा – ‘म एमाले पार्टी छाड्दैन’

२७ असोज, काठमाडौं । नेकपा एमालेबाट चुनावमा टिकट पाउन नसकेका नेता भीम रावलले पार्टी नछोड्ने घोषणा गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्ने घोषणा गरे । उनले आफूले टिकट नपाए पनि मंसिर ४ गते हुने चुनावमा योग्य उम्मेदवारलाई जिताउन लाग्ने बताए ।

नेकपा एमालेका नेता भीम रावलले आउँदो चुनावमा आफूले एमालेका उम्मेदवारलाई जिताउनका लागि कसैलाई पनि आग्रह नगर्ने र मत नमाग्ने घोषणा गर्नुभएको छ ।

काठमाण्डौमा आज बिहीवार पत्रकार सम्मेलन गरेर उहाँले अहिले धेरै ठाउँमा एमाले पार्टी बनाउन रगत पसिना बगाएका भन्दा पनि हिजोका प्रतिगामी र पार्टीभित्र चाकरी गर्नेहरू उम्मेदवार बनेको भन्दै एमालेका उम्मेदवारका नाममा मत माग्न नसक्ने बताउनुभयो । उहाँले देशभक्त तथा देशको सार्वभौमसत्ताको माया गर्ने उम्मेदवारलाई विजयी गराउनमात्रै आफ्नो आग्रह रहने बताउनुभयो । उहाँले आफूले पार्टी नछाड्ने र पार्टीभित्रै बसेर निरन्तर सङ्घर्ष गरिरहने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Europass CV in Nepal

‘नेपालको कानुन, पार्टीका नीति र सिद्धान्त विपरीत उम्मेदवार उठाइएको छ, हिजोको प्रतिगामीले समेत टिकट पाएका छन्, होली वाइनदेखि संविधान च्यात्ने/जलाउनेहरूसम्म एमालेका उम्मेदवार बनेका छन्, उनीहरूका लागि मत माग्न मेरो नैतिकताले दिँदैन । देशभक्त, स्वाधीनताको पक्षमा रहेका र मार्क्सवादप्रति समर्पित उम्मेदवारलाई जिताउनुहोस् मात्रै भन्न सक्छु’, रावलले भन्नुभयो ।

कार्यक्रममा बोल्दै नेता रावलले पार्टीले षड्यन्त्रपूर्वक आफूलाई उम्मेदवार नबनाएको आरोप लगाउनुभयो । उहाँले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै बहुमतको सरकार हुँदा आधा समय बालकोट र अस्पतालमा समय बिताउनेले टिकट पाउने तर देश र जनताको हितका लागि आवाज उठाउने व्यक्तिलाई टिकट नदिएकोप्रति आक्रोश व्यक्त गर्नुभयो ।

Europass CV in Nepal