मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

एमालेको जनलहर देखेर काँग्रेस–माओवादी अत्तालिएका छन्ः नेता भट्टराई

Himali Patrika 1 मिनेट पढाइ

नेकपा (एमाले) का सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई नेकपा (एमाले) को जनाधार देखेर अहिले काँग्रेस र माओवदी पार्टी अत्तालिएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल चितवनले सोमबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभयो । आफूलाई ठूलो भन्ने दुई पार्टी चितवनमा एमालेको जनलहर देखेपछि अत्तालिएका छन् उहाँले भन्नुभयो । चितवनमा एमालेले गरेको भव्य महाधिवेशनबाट अत्तालिएकै कारण काँग्रेस र माओवादीले आफ्नो महाधिवेशनमा जनप्रदर्शन नगर्ने निर्णय गरेको उहाँले दावी गर्नुभयो ।

चितवनमा सात लाखभन्दा धेरै जनसहभागिता भएको प्रमाण सुरक्षा निकायले दिएको सचिव भट्टराइले जानकारी दिनुभयो । यती ठूलो सहभागिता जुटाउन नेपाली काँग्रेस र माओवादीले सक्दैनन् उहाँले भन्नुभयो, “एमालेसँग सामना गर्न सक्ने पार्टी अन्य छैन । एमालेको जनसहभागिता तोड्ने भनेको एमालेले मात्र हो, अन्य पार्टीले होइन ।”

कम्युनिस्ट पार्टी स्थापना भएदेखिको कम्युनिस्टको लिगेसी एमालेसँग रहेको उहाँले चर्चा गर्नुभयो । एमालेले जनताको साख जोगाएको उहाँले बताउनुभयो । जनताको भरोसा एमालेमाथि भएकाले आगाी निर्वाचनमा एमालेले बहुमत ल्याउने उहाँले दावी गर्नुभयो ।

माओवादीको केही हिस्सा एमालेमा रहेको र पुष्पलाल, मदन भण्डारी, मनमोहनको लिगेसी पनि एमालेसँग रहेको उहाँले बताउनुभयो । एमालेको नेतृत्वमा कम्युनिस्ट पार्टी नेपालमा रहन्छ । अन्य कम्युनिस्टको प्रभाव हुँदैन । अब नेपालमा एमाले र काँग्रेसको मात्र प्रतिस्पर्धा हुन्छ उहाँले भन्नुभयो ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले एमालेकोजस्तो व्यबस्थित र भव्य महाधिवेशन सम्पन्न गर्न अन्य पार्टीले नसक्ने बताउनुभयो । एमालेको महाधिवेशनबाट सवैभन्दा धेरै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अत्तालिनुभएको पनि उहाँले टिप्पणी गर्नुभयो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।