बालेनले नियुक्त गरे इ. सुनिल लम्साललाई महानगरको पूर्वाधार सल्लाहकार

बालेनले नियुक्त गरे इ. सुनिल लम्साललाई महानगरको पूर्वाधार सल्लाहकार

काठमाडौँ ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पूर्वाधार सल्लाहकारमा सुनिल लम्साललाई नियुक्त गरेका छन् । काठमाडौं महानगरको फोहोर व्यवस्थापन, सहरी सौन्दर्य, सडक निर्माणलगायत पूर्वाधार सम्बन्धी अन्य कामहरूमा बालेन्द्रको टिममा रहेर सहयोग गर्दै आएका लम्साललाई महानगरको पूर्वाधार सल्लाहकारमा नियुक्त गरिएको हो ।

लम्सालले लुम्बिनी इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटाका राज्यस्थित विश्वेश्वरैया प्रद्यौगिक विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । लम्साल र मेयर शाहले भारतमासँगै स्नातकोत्तरको अध्ययन गरेका थिए ।

लम्सालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजना,लगायत विभिन्न योजनाहरूमा इन्जिनियरको रुपमा काम गरेको अनुभव छ ।

Europass CV in Nepal

महानगरले यसअघि अधिवक्ताहरू ओमप्रकाश अर्याल, जिना श्रेष्ठ, शंकरप्रसाद पुडासैनी, महेश नेपाल र कुमारी खरेललाई कानुनी सल्लाहकारमा नियुक्त गरेको थियो । बालेन्द्रले शिक्षा सल्लाहकारमा रेशु अर्याल र ट्राफिक सल्लाहकारमा जगतमान श्रेष्ठलाई पनि नियुक्त गरेका छन् ।

 

Europass CV in Nepal