मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

सेना र प्रहरीलाई अब नेपालकै जुत्ता, नेपाली सेनाले थाल्यो उत्पादन

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । सुरक्षा निकायलाई चाहिने चुत्ता तथा चप्पल अब नेपालमै उत्पादन हुने भएको छ । सेना र प्रहरीका लागि वर्षेनी करोडौं रुपैयाँका जुत्ता तथा चप्पल विदेशबाट आयात हुने गरेकोमा सुरक्षा निकायलाई आवश्यक पर्ने सबै प्रकारका चुत्ता तथा चप्पलको नेपालमै उत्पादन हुन थालेको छ ।

नेपाली सेनाले आफू, सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि आवश्यक पर्ने जुत्ता (बुट) नेपालमा उत्पादन थालेको हो । नेपाली सेनाले राजधानीको सुन्दरीजलमा जुत्ता उत्पादन उद्योग सञ्चालनमा ल्याइसकेको छ ।

सेना र प्रहरीका लागि आवश्यक जुत्ता तथा चप्पल र बुट स्वदेशमा उत्पादन गर्न उद्योग सञ्चालनमा ल्याइएको सेनाका सूचना अधिकारी नारायण सिलवालले जानकारी दिए ।‘हालसम्म नेपाली सेना र नेपाल प्रहरीका लागि बुट विदेशबाट आयात भइरहेका छ,’ उनले भने, ‘अहिले हामीले सुन्दरीजलमा उद्योग खोलेर आफै उत्पादन गर्ने तयारी सुरु गरेका छौं ।’

अहिले उद्योगमा जुत्ताको परीक्षण उत्पादन सुरु भइसकेको सिलवालले जानकारी दिए । हालसम्म जुत्ता र चप्पल विदेशबाट आयात भइरहेकोमा अब नेपालमा उत्पादन हुनेछ, सिलवालले क्यापिटल नेपालसँग भने ।

‘उद्योगले परीक्षण उत्पादन सुरु गरेको छ,’ उनले भने, ‘बुट उत्पादन गर्न कच्चा पदार्थ भने विदेशबाट आयात गरिरहेका छौं ।’ नेपालमै उपलब्ध नभएको कच्चा प्रदार्थ विदेशबाट आयात गरिरहेको सिलवालले जानकारी दिए ।

केही समय परीक्षणपछि जुत्ताको व्यवसायिक उत्पादन हुने छ । त्यसपछि पूर्णकालिन उत्पादनको चरणमा जाने उनको भनाई छ । सेनाले विदेशबाट जुत्ता खरिद गरिरहेको अवस्थामा अब भने नेपालमा उत्पादन हुने उनको भनाई छ ।

‘हाम्रो रिक्वायरमेन्ट प्रोडक्सनले मिट गरेसम्म उत्पादनको लागि नेपाली कच्चा प्रदार्थ प्रयोग गछौं,’ उनले भने, ‘रिक्वायरमेन्ट मिट नगरेको कच्चा प्रदार्थ विदेशबाट आयात गरिरहेका छौं ।’परीक्षण कालबाट पूर्ण उत्पादन गर्ने हिसाबले काम अघि बढिरहेको सिलवालको भनाई छ । केही कम्पनीले भने छाला निर्यात गरिरहेको अवस्था छ। नेपालबाट काँचो छालाको प्रशोधन गरेर तयारी छालाको उत्पादन र निर्यात हुँदै आएको छ ।

हाल मुलुकभरि १ हजार ५ सय जुत्ता उद्योग सञ्चालनमा छन् । तीमध्ये २ सय २९ ठूला र बाँकी मझौला उद्योग हुन् । जसमा परम्परागत शील्पीमा आधारित १ हजार ७२ उद्योग र फेल्ट तथा हस्तकलामा आधारित २ सय बढी कारखाना सञ्चालनमा छन ।

हाल नेपाली उद्योगले वार्षिक ५ करोड ६५ लाख जोर जुत्ता चप्पल उत्पादन गरिरहेका छन । सञ्चालनमा रहेका उद्योगमा ५५ हजार श्रमिक काम गरिरहेका र तीमध्ये एक तिहाइ महिला छन ।

नेपाल फूडवेयर म्यानुफ्याक्चर्स एसोसियसनका अनुसार हाल नेपाली उद्योगको उत्पादन क्षमता १६ करोड जोर छ । उद्योगहरुमा ३० अर्ब रुपैयाँ बढी पुँजी स्वदेशी उद्यमीले लगानी गरेका छन । ४ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाको ऋण लगानी छ ।

आर्थिक वर्ष ०७७०७८मा नेपालमा ४ करोड जोर जुत्ता आयात भएको थियो । ०७८०७९ मा घटेर २ करोड ५६ लाखमा सीमित भयो। आयातित जुत्ता–चप्पलमा अधिकांश ४ सय रुपैयाँभन्दा कम मूल्यका आयात भएको छ । त्यस्तै, नेपालबाट वार्षिक ५० लाख जोर जुत्ता निर्यात हुने गर्छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।