मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 23 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

फेरि सभापति भए अझ राम्रो गर्नेछु : देउवा

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले फेरि सभापतिमा चुनिए आफूले अझ राम्रो काम गर्ने बताएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा देउवाले पार्टीको विधानबमोजिम एक पटक सभापति बन्न चाहेको बताएका हुन् ।

प्रधानमन्त्री देउवाले आफू सभापति बन्ने यो मौका अन्तिम पटक भएको पनि बताए । उनले भने, ‘म पार्टीको विधानबमोजिम एक पटक सभापति बन्न चाहेको छु । यो अन्तिम पटक हो। म प्रधानमन्त्री पनि छु। यो मुलुकको व्यवस्थाको रक्षाका लागि गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्री भएको हुँ। मैले फेरि सभापति भए भने अझै राम्रो गर्न सक्छु। त्यसैले मैले पार्टीका साथीहरूलाई पनि आग्रह गरेको छु। तपाईंहरूमार्फत सबैलाई आग्रह गर्न चाहन्छु। एकपटक मलाई सहयोग गरिदिनुस् ।’

त्यस्तै देउवाले धेरै मान्छे उतारेर महाधिवेशन नगर्ने बताएका छन् । कांग्रेस उदार र जिम्मेवार पार्टी भएकाले कसैलाई दु:ख नदिने उनले बताएका छन् । उनले अहिले कोरोना भाइरसको नयाँ भेरिएन्टको संक्रमणको जोखिम रहेकाले महाधिवेशनमा कांग्रेस महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा नभएको बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन। अहिले कोरोनको नयाँ भेरिएन्ट आइसकेको छ। त्यसैले कांग्रेसले त्यो जोखिम मोल्दैन। कांग्रेस उदार पार्टी हो, कसैलाई दुःख दिन चाहँदैन। हामी पनि झापादेखि मान्छे ल्याएर उतार्न सक्छौ। तर त्यसले जनतालाई दुःख हुन्छ। महामारी फैलिन सक्छ। हामी त्यो पक्षमा छैन।’

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।