काठमाडौँको थापाथलीमा ठेला व्यवसायी गर्दै आएकी शर्मिला तामाङको ठेला काठमाडौँ महानगर प्रहरीले खोशेपछी अहिले नगरप्रमुख बालेनको चर्को विरोध हुँदै आइरहेको छ। प्रायजसो बालेनको विरुद्धमा तिखो प्रतिक्रिया दिने धरान उपमहानगरपालिकाका मेयर हर्कसाम्पाङले ठेला खोसीएकी शर्मिलाई आफ्नो एक महिना बराबरको तलब पठाइदिने घोषणा गरेका छन्।
सामाजिक संजाल फेसबुकमा शर्मिला तामाङ ठेला समातेर रुँदै गरेको फोटो राख्दै मेयर सम्पाङले लेखेका छन्, ‘यी बैनी को हुन् ? यिन्लाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु ! जय मान्छे !’
कान्तिपुर पत्रिकामा ‘खोसियो कमाइखाने आधार’ शीर्षकमा फोटो फिचर छापिएपछि बालेनको आलोचना र शर्मिलाको सहानुभूति भैरहेको छ। महानगरको पछिल्लो कदम देशैभर चर्को आलोचना समेत हुन थालेको छ। गरिखाने वर्गलाई वैकल्पिक माध्यम उपलब्ध नगराई विस्थापित गर्न नहुने धेरैको तर्क रहेको छ।
शर्मिला तामाङ विगत दुई वर्षदेखि काठमाडौँ प्रसूति गृह आसपासमा ठेलामा चिया नास्ताको व्यापार गर्दै आएकी छिन। कान्तिपुरका अनुसार उनको घरमा श्रीमान बिरामी छन्। २ वर्षको काखे बालकसहित परिवारको घर खर्च धान्ने उनी एक्लै हुन्। उनको गरिखाने मुख्य व्यापार नै खोसिएको छ।
यता बागमती करिडोरमा बनेका अनधिकृत संरचनामा शुक्रबार डोजर चलाएपछि नजिकै रहेको सुकुमबासी बस्तीका वासिन्दा त्रसित भएका छन् । ओम शान्तिको संरचनामा डोजर चलाएको हेर्न आएका सुकुमबासी बस्तीका एक युवकले भने, ‘अब हाम्रो तिर पनि चलाउने होला, अहिलेसम्म त केही भनेको छैन । हाम्रोतिर तनाव भइसकेको छ ।’ ती युवकका अनुसार थापाथलीको सुकुमबासी बस्तीमा २५८ घर परिवार छन् ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले भने सुकुमबासी बस्ती हटाउने विषयमा छलफल गर्ने बताए । ‘हामीले अहिले नै भत्काइ हाल्ने कुनै योजना बनाएका छैनौं तर बहस भने सुरु भएको छ’ उनले भने । समितिको तथ्यांक अनुसार सो क्षेत्रमा १३६ घर टहरा निर्माण भएको हुनसक्छ ।




