डडेलधुरामा देउवाविरुद्ध उम्मेदवारी दिएका सागरलाई रविको स्वतन्त्रपार्टीले गर्यो समर्थन

डडेलधुरामा देउवाविरुद्ध उम्मेदवारी दिएका सागरलाई रविको स्वतन्त्रपार्टीले गर्यो समर्थन

काठमाडौं । रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले डडेलधुरामा प्रधानमन्त्री शेरबहादुर देउवासँग स्वतन्त्र रुपमा निर्वाचनमा प्रतिष्पर्धा गरिरहेका स्वतन्त्र उम्मेदवार सागर ढकाललाई समर्थन गर्ने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार एक विज्ञप्ति जारी गर्दै डडेल्धुरामा सिरिन्ज (सुई) निर्वाचन चिन्ह लिएका सागर ढकाललाई निशर्त समर्थन प्रतिवद्धता जनाएको हो ।

राजनीतिक सिन्डिकेट तोड्ने अभियानमा सागर ढकालहरुको राजनीतिमा प्रवेश र हिम्मत मात्रैले पनि विशेष अर्थ दिने भन्दै बहालवाला प्रधानमन्त्री देउवाकाविरुद्धमा निर्वाचनमा होमिएका ढकालको कदमको प्रशंसा गरेको छ ।

Europass CV in Nepal

विज्ञप्तिमा भनिएको छ,‘ राजनीतिलाई आजिवन पेसा बनाएकाहरु, पटक पटक परिक्षण भइसकेकाहरुका बदलामा नयाँ र योग्यलाई राजनीतिमा प्रवेश गराउने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी सँधै सकारात्मक छ । यसपटकको निर्वाचन परिणामबाट प्राप्त हुने धेरै लक्ष्यहरु मध्येमा पुरानालाई बिदा गर्ने लक्ष्य पनि प्रमुख लक्ष्य हो । ’

साथै चितवन, काठमाडौं ४ लगायतका क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले तालमेल वा गठबन्धन गरेर उम्मेदवारी फिर्ता गरेको भन्ने बारेमा आएका समाचारहरुको खण्डन गरेको छ । पार्टीले कुनै पनि निर्वाचन क्षेत्रमा कुनै किसिमको तालमेल नगरेको र नगर्ने जनाएको छ।