मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 6 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

रवीन्द्र मिश्रको दाबी : म ८ हजार मतान्तरले जितेर गर्व गर्न योग्य सांसद बन्छु

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं १ का उम्मेदवार रवीन्द्र मिश्रले आफूले ८ हजार मतान्तरले चुनाव जित्ने दाबी गरेका छन्। शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू चुनाव जितेपछि गर्व गर्न योग्य सांसद बनेर देखाउने बाचा गरेका हुन्।

उनले भने, ‘गत चुनाव ८ सय मतको अन्तरले हारेको थिएँ। यो पटक ८ हजार मतको अन्तरले जित्छु भन्नेमा ढुक्क हुन थालेको छु।’ उनीसँग सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका प्रकाशमान सिंह चुनावी मैदानमा छन्। ०७४ सालको निर्वाचनमा पनि नेता मिश्र सिंहसँगै पराजित भएका थिए।

सिंहले १० हजार ९३६ मत ल्याउँदा विवेकशील साझाका मिश्रले १० हजार ११८ मत मात्र ल्याएका थिए। परिस्थिति फेरिए पनि नेता मिश्रको प्रतिस्पर्धी फेरिएका छैनन्। उनी अहिले विवेकशीलमा छैनन्। उनी अहिले विवेकशील छाडेर राप्रपामा पुगेर राजसंस्थाको एजेण्डा बोकेर चुनावी मैदानमा छन्।

उक्त क्षेत्रमा उम्मेदवारको लर्को नै लागेको छ। सिंह र मिश्रसहित सुशासन पार्टीका रमेश खरेल, एमाले भ्रातृ संगठन युवासंघका अध्यक्ष किरण पौडेल, स्वतन्त्र उम्मेदवार पुकार बम चुनावी लड्दैछन्। त्यसैले यस क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने आकलन भइरहेको छ।

तर, मिश्रले आफूले जितेर यति धेरै उतारचढाव आउँदा समेत आफूले जनताको साथ पाइरहेकाले जित सुनिश्चित भएको दाबी गर्छन्। ‘यति धेरै उतारचढाव बेहोरेर र हन्डर खाएर आउँदा पनि यति धेरै माया पाइरहेछु कि त्यसले मलाई द्रवीभूत बनाएको छ। शब्दमा व्यक्त गर्न सक्दिनँ’ उनले भने, ‘मैले वाचा गरेको छु, म तपाईँहरूले सम्झन र गर्व गर्न योग्य सांसद बनेर देखाउनेछु।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।