मुख्य सामग्रीमा जानुहोस्
Monday, 14 September 2026
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

नेपालबाट ९१ करोड ६७ लाख रुपैयाँको अलैँची निर्यात

Himali Patrika 1 मिनेट पढाइ

नेपालबाट चालू आर्थिक वर्ष २०७९/८० मा ९१ करोड ६७ लाख रुपैयाँको अलैँची निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौ महिनामा उक्त मूल्यको अलैँची निर्यात भएको हो ।

यस अवधिमा नेपालबाट विदेशतर्फ ११ लाख २५ हजार ९५० किलोग्राम अलैँची निर्यात भएको छ । नेपालबाट निर्यात भएको सबै अलैँची भारततर्फ निर्यात भएको छ । यस्तै, यस अवधिमा नेपालबाट ९ करोड ६० लाख रुपैयाँ बराबरको अदुवा निर्यात भएको छ ।

नेपालबाट दुई महिनाको अवधिमा २९ लाख ५९ हजार किलोग्राम अदुवा निर्यात भएको विभागले जनाएको छ । नेपालबाट निर्यात भएको अदुवा भारत र कतारतर्फ निर्यात भएको छ । यस अवधिमा भारततर्फ ९ करोड ५९ लाख रुपैयाँको र कतारमा १ लाख रुपैयाँको अदुवा निर्यात भएको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।