सत्यमोहन जोशीको दाहसंस्कार नगरी शरीर अध्ययनका लागि राखिने

सत्यमोहन जोशीको दाहसंस्कार नगरी शरीर अध्ययनका लागि राखिने

शताब्दी पुरूष सत्यमोहन जोशीको शरीर नजलाउने निर्णय भएको छ। यसअघिनै मृत्युपछि आफ्नो शरीर दान गरिसकेका जोशीको शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राखिने भएको हो।आइतबार किष्ट अस्पतालमा परिवार, महानगर र अस्पताल प्रशासनबीच भएको छलफलपछि जोशीको शरीर नजलाउने निर्णय भएको हो।

शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका परिसरमा राखिने भएको छ। शवमा नसाबाट केमिकल राखेपछि अन्तिम श्रद्धाञ्जलीका लागि महानगरपरिसरमा राखिने निर्णय भएको अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिए।

उनले सुरूमा नसाबाट केमिकल राखेर शरीरलाई श्रद्धाञ्जलीका लागि राखिने जानकारी दिए। ‘हामी सुरूमा नसाबाट केमिकल राखेर शरीरलाई डेकोरेट गरि श्रद्धाञ्जलीका लागि अस्पताल परिसरमै राख्नेछौ, त्यसपछि केमिकलमै डुबाएर शरीरलाई अनन्तकालसम्म राख्नेछौ’, उनले भने।

Europass CV in Nepal

मृत्युपछि आफ्नो शरीर किस्ट अस्पतालद्वारा सञ्चालित मेडिकल कलेजलाई दान गर्ने निर्णय गरेका जोशीको अन्त्येष्टि कसरी गर्ने भन्नेबारे भएको छलफलमा अध्ययनको लागि शरिरमा केमिकल प्रयोग गरेर राखिने निर्णय भएको हो । जोशीले यसअघि आफनो शरीर किष्ट अस्पताललाई दान गरिसकेको थिए ।

शताब्दी पुरुष जोशीले आफ्नो शरीरको लामो आयु कसरी भयो भनेर अध्ययन गर्न काम लागोस् भनेर स्वेच्छाले दान दिएको बताएका थिए। जोशी दम्पतीको शरीर दान गर्ने मञ्जुरी पत्रमा हस्ताक्षर छोरा अनुराज जोशीसमेतले सहमतिमा हस्ताक्षर गरेका थिए ।