देउवाले गरे ओनसरीको प्रसंसा : भने, ‘उहाँ पार्टीभन्दा देशको हित हेर्ने व्यक्ति हो’

देउवाले गरे ओनसरीको प्रसंसा : भने, ‘उहाँ पार्टीभन्दा देशको हित हेर्ने व्यक्ति हो’

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनको तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं २ मा उम्मेदवार रहेकी माओवादी नेता ओनसरी घर्ती पार्टीभन्दा राष्ट्रको हित हेर्ने व्यक्ति भएको बताएका छन् ।

काठमाडौं–२ मा सत्ता गठबन्धनले आइतबार काँडाघारीमा गरेको प्रशीक्षण कार्यक्रममा देउवाले घर्तीले सभामुख हुँदा पार्टीको नेताका रुपमा नभई निष्पक्ष भूमिका निर्वाह गरेको भन्दै प्रसंसा गरेका थिए। सुरुमा सभामुखको रुपमा घर्तीप्रति विश्वास नरहेको पनि देउवाको भनाइ थियो ।

‘ओनसरी घर्ती अत्यन्तै साहसी महिला हुनुहुन्छ । उहाँले कुशलताका साथ सभामुखको भूमिका निर्वाह गर्नुभएको थियो,’ देउवाले भने, ‘मलाई त विश्वास पनि थिएन, उमेर सानै थियो, सभामुख के चलाउनुहोला भनेको त सबैभन्दा सफल तरिकाले उहाँले संसद चलाउनुभयो ।’

देउवाले माओवादी केन्द्रबाट निर्वाचित भए पनि ओनसरीले कहिल्यै पार्टीको आशिर्वाद नखोजेको उल्लेख गरे । देउवाले ओनसरीले पार्टीको आदेशमा नभई आत्माको आदेशमा चलेको र उनी सच्चा लोकतन्त्रवादी र निष्पक्ष सभामुखको भूमिकामा रहेको भन्दै प्रसंसा गरे ।

देउवाले ओनसरीलाई जिताउन कांग्रेस नेता कार्यकर्ता र काठमाडौं क्षेत्र नम्बर–२ का मतदातालाई अपिल गर्दै उनले सो क्षेत्रको विकास गर्ने विश्वास व्यक्त गरेका थिए । फरक प्रसंगमा देउवाले निर्वाचनमा कुनै पनि पार्टीको एकल बहुमत नआउने भएकाले तालमेल गरिएको पनि बताए ।