भारतीय कलाकार सौरभ शुक्लासँग स्वस्तिमा खड्काको भेट

भारतीय कलाकार सौरभ शुक्लासँग स्वस्तिमा खड्काको भेट

काठमाडौं। अभिनेत्री स्वस्तिमा खड्काले भारतका चर्चित कलाकार सौरभ शुक्लासँग भेट गरेकी छन् । उनले ण्डीगढमा जारी इन्डस भ्याली अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलका क्रममा शुक्लालाई भेट नगरेकी हुन् ।सामाजिक संजालमा स्वस्तिामाले भेट गरेको तस्विर सेयर गरेपछि यी दुई बिच भेट भउको कुरा बाहिर आएको हो । भेटमा यी दुई बिच नेपाल र भारतीय फिल्म उद्योगको सम्बन्धको बारेमा कुराकानी भएको उल्लेख गरेकी छन् ।

उनले लेखेकी छन् ‘उहाँ ९सौरभ शुक्ला० ले नेपाली फिल्म उद्योगको बारेमा जान्न देखाउनुभएको चासो र आफ्नो कामको अनुभव आदान प्रदान गरेको देख्नु साँचिक्कै रोचक थियो ।’तस्विरमा उनले सौरभ शुक्लाको कुरा चाखपूर्वक सुनेको देखिन्छ भने सौरभले पनि स्वस्तिमाको कुरा गम्भीरतापूर्वक सुनेका छन् ।

शुक्लाले ‘जोली एलएलबी’, ‘पिके’, ‘सत्य’, ‘पागलपन्ती’, ‘किक’, ‘गुन्डे’, ‘बाला’, ‘ओ माइ गड’ लगायतका सयभन्दा बढी बलिउड फिल्ममा अभिनय गरेका छन् । सौरभले ‘जोली एलएलबी २’बाट राष्ट्रिय फिल्म अवार्ड समेत पाएका थिए ।

Europass CV in Nepal

Europass CV in Nepal