मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

अन्तिम एक पटक सभापतिमा उठ्छु, सहयोग गर्नुस् : देउवा

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले फेरि एकपटक सभापति बन्ने चहनामा रहेको बताउनुभएको छ । उहाँले अन्तिम एक पटक सभापति बन्न चाहेको बताउँदै सहयोग गर्न सञ्चारकर्मीहरु मार्फत आग्रह गर्नुभएको हो ।

‘म पार्टीको विधान बमोजिम एकपटक सभापति बन्न चाहेको छु । यो अन्तिम पटक हो । मैले फेरि सभापति भए भने अझै राम्रो गर्न सक्छु,’ बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भन्नुभयो, ‘मैले पार्टीका साथीहरूलाई पनि आग्रह गरेको छु । तपाईँहरुमार्फत पनि आग्रह गर्न चाहन्छु।’

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताउनुभएको थियो । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उहाँले बताउनुभयो ।

सभापतिको उम्मेदवार छान्न पौडेलसहित कांग्रेसका ३ नेता बैठकमा

आगामी नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि सभापतिको उम्मेदवारी छान्न कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठक बोलाएका छन् । आज साँझ पौडेल आफ्नै निवास बोहराटारमा आफूनिकटका नेताहरू शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालासँग बैठकमा बसेका छन् ।

पौडेलनिकटका तीनै नेता आगामी महाधिवशेनको सभापति पदका लागि आकांक्षी रहेका छन्। तर, पौडेलले भने आफूसहित सभापतिका आकांक्षीहरुलाई एक जनामात्र सभापति उठ्न छलफल भइरहेको बताइएको छ । महाधिवेशन आउन चार दिनमात्रै बाँकी रहँदा सभापतिका दाबेदारी गरेका पौडेलनिकट नेताहरु छलफलमा जुटेका छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।