मुख्य सामग्रीमा जानुहोस्
Monday, 7 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
समाचार

दाङ : एकै खाडलमा एक किशोर र एक किशोरीको शव फेला

Himali Patrika 1 मिनेट पढाइ

तुलसीपुर,असोज ३० । दाङमा जंगलमा गाडिएको अवस्थामा किशोर–किशोरीको शव फेला परेको छ। तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँको जंगलमा स्थानीय १५ वर्षीया रोशनी महतरा क्षेत्री र दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव गाडेको अवस्थामा आइतबार दिउँसो फेला परेको हो।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले शव निकाल्न थालिएको जानकारी दिए। प्रहरीका अनुसार असोज २७ गते रातिदेखि उनीहरु बेपत्ता भएका थिए। डिएसपी मल्लले असोज २८ गते आचार्यको हजुरआमा आएर प्रहरीमा नाती हराएको भन्दै खोजी गरिदिन आग्रह गरेकी थिइन्।

घर परिवारले सुरूमा उनीहरु प्रेममा परि भागेको हुनसक्ने आशंका गर्दै आएका थिए। मल्लका अनुसार उनीहरुको हत्यापछि कसैले खाडलमा गाडेको हुनसक्ने बताए।उनीहरु दुबै जना स्थानीय अम्बापुर माविमा कक्षा ९ मा अध्यनरत थिए। अधिकारी दमार गाउँमै मामा घरमा बसेर अध्ययन गर्दै आएका थिए।

उनकी आमा र बुवाको छोडपत्र भएका कारण उनीहरू आमासँगै मामा घरमा बस्दै आएको डिएसपी मल्ले बताए । जंगलमा बस्तु चराउन गएका स्थानीयले गन्ध आएपछि नियालेर हेर्दा खाडलमा गाडेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थल तुलसीपुर बजारदेखि झन्डै १३ मिटर दक्षिणमा र प्रहरी चौकी कौवापुरको केही पूर्वतर्फ पर्नेगर्छ।घटनाबारे अनुसन्धान जारी रहेको उनले बताए।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।