मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

नेवारहरुको आस्थामा चोट पुर्‍याएको भन्दै कमेडियन अपूर्व क्षितिज सिंह फेरी पक्राउ

Himali Patrika 1 मिनेट पढाइ

३१ असोज, काठमाडौं । प्रहरीले कमेडियन अपूर्व क्षितिज सिंहलाई फेरि नियन्त्रणमा लिएको छ । नेवार समुदायको आस्थामा चोट पुर्‍याउने गरी व्यंय गरेको भन्दै उजुरी परेपछि प्रहरीले अपूर्वलाई नियन्त्रणमा लिएको थियो ।

यसको चौतर्फी आलोचना भएको र उनलाई कोरोना संक्रमण पनि भएपछि सरकारी वकिलले उनलाई साधारण तारेखमा छाडेका थिए । अहिले मुद्दाको अनुसन्धान सकिएपछि अदालतमा पेश गर्नुअघि प्रहरीले अपूर्वलाई पुन: हिरासतमा लिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेश मैनालीले पनि अपूर्वलाई नियन्त्रणमा लिइएको पुष्टि गरे । भोलि सार्वजनिक विदा भएकाले उनलाई पर्सि बुधबार अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

नेवा समुदायको आस्थामाथि चोट पुर्‍याउने गरी व्यंग्य गरेको भन्दै कमेडियन सिंहविरूद्ध विशेषगरी नेवार अभियन्ताहरूले परिसर काठमाडौंमा उजुरी गरेका थिए।  युट्युब च्‍यानल कमेडी क्याफेमा ‘नेवारको परम्परा’ शीर्षकमा भिडिओ हालेपछि काठमाडौँका नेवार अभियन्ताहरु रिशाएक टिए। उनीहरुका अनुसार, नेवा समुदायको भाषा, संस्कृति, खाना, लगायत विषयमा व्यंग्य गरेको भन्दै अभियन्ताहरूले आपत्ति जनाएका थिए।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।