मुख्य सामग्रीमा जानुहोस्
Saturday, 10 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

मैले गरेका सबै गल्तीका लागि माफी माग्छु, तर पद छाड्दिनँ : बेलायतकी प्रधानमन्त्री

Himali Patrika 1 मिनेट पढाइ

१ कात्तिक, काठमाडौं । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले आफ्नो छोटो कार्यकालमा गरेका आर्थिक निर्णयका लागि माफी मागेकी छन् ।ट्रसले सोमबार स्थानीय सञ्चार माध्यमका प्रतिनिधिसँग कुरा गर्दै भनिन्, ‘मैले गरेका सबै गल्तीका लागि माफी माग्छु, तर पद छाड्दिनँ ।’

नागरिकहरूलाई उनीहरूको ऊर्जा बिल उच्च रहेकोले घटाउने उद्देश्य राखेर निर्णय गरेको उनले स्पष्ट पारिन् । नागरिकलाई सघाउने गरी निर्णय गरिए पनि त्यो अलि तीब्र गतिमा गरिँदा गलत सावित भएको उनको स्वीकारोक्ति थियो ।

यसैबीच सोमबार बेलायतमा अर्थमन्त्री जेरेमी हन्टले सेप्टेम्बरको मिनी बजेटमा गरिएका प्रधानमन्त्री लिज ट्रसका सबै घोषणालाई उल्ट्याएका छन् । खारेज गरिएका मिनी बजेट प्रावधानहरूमा नागरिकको विद्युत् महसुल घटाउन छुट दिने योजना पनि समावेश छ ।

सरकारको पूर्व निर्णय उल्टाउँदै हन्टले बेलायतमा देखिएको वित्तिय संकट समाधान गर्ने प्रयास गरेका हुन् । उनको निर्णयले प्रधानमन्त्री ट्रसको व्यक्तिगत राजनीतिक स्थितिमा प्रश्न उठाएको छ। हन्टले पदभार ग्रहण गरेको भोलिपल्टै प्रधानमन्त्रीले निर्णयमा गल्ती गरेको बताएका थिए ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।