मुख्य सामग्रीमा जानुहोस्
Thursday, 22 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

अभिनेता सविन श्रेष्ठले मरणोपरान्त आँखा दान गर्ने

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । अभिनेता सविन श्रेष्ठले मरणोपरान्त आँखा दान गर्ने निर्णय गरेका छन् । सोमबार तिलगंगा आँखा अस्पतालमा पुगेर उनले आँखा दान गर्ने पत्रमा हस्ताक्षर गरेका हुन् । आँखा दान गर्ने प्रतिबद्धतापछि अस्पतालले उनलाई प्रशंसा पत्र पनि प्रदान गरेको छ । स्वेच्छाले आँखा दान गर्ने निर्णय गरेका सविनलाई नेत्र चिकित्सकले धन्यवाद समेत दिए ।

‘पहिलेदेखि नै इच्छा थियो आँखादान गर्ने । समय मिले मिर्गौला र मुटु पनि दान गर्न चाहन्छु । यसका लागि केही अस्पतालसँग सल्लाह भरहेको छ,’ सविनले भने । पछिल्लो समय सविन परोपकारी कार्यमा पनि सक्रिय छन् । हालै उनले काठमाडौंका सार्वजनिक शौचालयमा महिला प्रयोगकर्ताको लागि स्यानिटरी प्याडको व्यवस्था गरिदिएका थिए ।

सामाजिक सञ्जालमार्फत एक भिडियोसहित उनले आफ्ना सम्पूर्ण शुभचिन्तकलाई सो खबरबारे जानकार गराएका हुन। धेरै अगाडीदेखि आँखा दान गर्ने सोच भएतापनि अहिले आएर आफ्नो सपना पुरा भएको उनले आफ्नो भिडियोमार्फत बताएका छन् । अन्दाज, हिरो रिटन्र्स, म, साजन, धन्दागिरी, रामप्यारी, लिलिबिली, ताकतवार र सूर्य किरण फिल्मबाट सविन चर्चामा छन् । काठमाडौं नामक टेलिसिरियलबाट सविन चर्चामा आएका हुन् ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।