मुम्बई। बलिउड अभिनेता सैफ अली खान अहिले पनि सामाजिक सञ्जालबाट टाढा रहेका बलिउड चलचित्र युद्योगका केही स्टारमध्ये एक हुन् । इन्स्टाग्राम, ट्वीटर जस्ता सोशल मिडिया प्लेटफर्ममा सैफ अली खानको कुनै पनि आधिकारिक खाता छैन। उता आफ्नो बेगम अर्थात बलिउड अभिनेत्री करीना कपुर खान र सैफकी दिदीबहिनी सबा अली खान, सोहा अली खान, छोराछोरी सारा अली खान र इब्राहिमसहित उनको सम्पूर्ण परिवार सामाजिक सञ्जालमा निकै सक्रिय छन् भने सैफ अली खानले आफैं खुलासा गरेका छन् । उनी अहिलेसम्म सामाजिक सञ्जालमा नआउनुको कारण ।
द कपिल शर्मा शोमा उपस्थित हुँदा सैफ अली खानले आफ्नो सामाजिक सञ्जालमा अनुपस्थित हुनुको कारण पक्कै पनि तपाईलाई अचम्मित पार्नुहुनेछ।सैफले बताउँछन् उनी अहिले सामाजिक सञ्जालमा छैनन्।उनीहरूसँग अहिलेसम्म कुनै आइडी छैन। सैफ भन्छन्, उनले सामाजिक सञ्जालमा धेरै पटक सामेल हुने प्रयास गरे, तर कुनै पनि आईडी पाएनन्, किनभने यस नामका धेरै अकाउन्ट छन् ।
अभिनेता खानले गरेको खुलासा अनुसार, उनलाई लाग्छ सामजिकसंजाल देखावटी हो। त्यहाँ धेरै तनावहरु हुन्छन। धेरैलाई झुट बोल्नुपर्छ। त्यसैले उनी यो तनाव र झूटबाट टाढा रहन चाहन्छन् । जसका कारण उनी सामाजिक सञ्जालबाट पनि टाढा छन् । तर, उनले झुट बोल्न सक्ने बताए । तर, जब तपाईं सामाजिक सञ्जालमा हुनुहुन्छ, अरूको झुटो प्रशंसा गर्न धेरै दबाब हुन्छ र तिनी त्यस्तो गर्ने पक्षमा छैनन्।
हालै सैफ अली खानको फिल्म ‘विक्रम-वेधा’ रिलिज भएको छ । जसमा उनीसँगै ऋतिक रोशन पनि मुख्य भूमिकामा छन् । यस फिल्ममा सैफ र ऋतिकको अभिनयको चर्चा जताततै छ । अर्कोतर्फ, हालै सैफ पनि प्रभास र कृति सेनन अभिनित फिल्म ‘आदिपुरुष’ लाई लिएर चर्चामा छन्, जसमा उनी रावणको भूमिकामा देखिनेछन् । यस फिल्मबाट सैफको लुक आउट भएदेखि नै उनी निरन्तर चर्चामा छन् । किनभने, फिल्मबाट आएको उनको लुकलाई मानिसले मन पराएका छैनन् ।
छोराको बारेमा चिन्तित
अभिनेता सैफ अली खानले आफ्ना छोरा इब्राहिम अली खानका बारेमा आफू चिन्तित रहेको बताएका छन्। हालै एक अन्तर्वार्तामा उनले आफ्ना जेठा छोरा इब्राहिमका बारेमा कुराकानी गर्दै यस्तो बताएका हुन्। भारतीय सञ्चारमाध्यम दैनिक भाष्करका अनुसार सैफ इब्राहिमको भविष्यका बारेमा चिन्तित छन्।
सैफले भनेका छन्, ‘इब्राहिममा म आफू जवान हुँदाको छवि देख्छु। म प्रार्थना गर्छु कि मेरो छोराको भविष्य उज्जवल होस्।’ इब्राहिम सैफ र उनकी पूर्व पत्नी तथा अभिनेत्री अमृता सिंहका छोरा हुन्। सारा अली खान इब्राहिमकी दिदी हुन्। साराले बलिउडमा प्रवेश गरेर आफ्नो ठाउँ बनाइसकेकी छन्। इब्राहिम भने अहिलेसम्म अभिनयमा प्रवेश गरिसकेका छैनन्।
सैफले इब्राहिमका बारेमा थप भनेका छन्, ‘म इब्राहिमको करिअरलाई लिएर चिन्तित छु। तर मलाई खुसी छ कि ऊ साह्रै मेहनत गरिरहेको छ। स्कुलमा पनि ऊ राम्रो थियो। सबै अभिभावक जस्तै म पनि उसको उज्जवल भविष्यको कामना गर्छु।’
इब्राहिम आफ्ना बुवा सैफ जस्तै देखिन्छन्। सामाजिक सञ्जालमा बेलाबेला जवान सैफका तस्बिरसँग इब्राहिमको तस्बिर राखेर उनीहरूको समान अनुहारको चर्चा पनि हुन्छ।